Pairabi logo

मंसिर २१, २०८२, शनिबार                    

प्राङ्गारिक सूर्यमुखी खेती

डेक्स

डेक्स

प्राङ्गारिक सूर्यमुखी खेती
ADVERTISEMENT

चितवन १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । 

चार किसानको  अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उहाँले बताउनुभयो । 

दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस  वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ ।  “मैले २०३२ सालमा गाँजर खेतीबाट कृषि कर्म सुरु गरेको हुँ । गाँजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले मैले तेलहन बाली लगाएको हुँ ।” उहाँले भन्नुभयो ।

अहिले यहाँ मह उत्पादनका लागि मौरीको ६०÷६५ घार पनि राखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताउनुभयो । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उहाँको भनाइ छ । 

ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

यो पनि

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…