Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

प्राङ्गारिक सूर्यमुखी खेती

डेक्स

डेक्स

प्राङ्गारिक सूर्यमुखी खेती
ADVERTISEMENT

चितवन १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । 

चार किसानको  अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उहाँले बताउनुभयो । 

दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस  वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ ।  “मैले २०३२ सालमा गाँजर खेतीबाट कृषि कर्म सुरु गरेको हुँ । गाँजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले मैले तेलहन बाली लगाएको हुँ ।” उहाँले भन्नुभयो ।

अहिले यहाँ मह उत्पादनका लागि मौरीको ६०÷६५ घार पनि राखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताउनुभयो । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उहाँको भनाइ छ । 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…