Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जका पुनःस्थापना केन्द्रको अनुगमन

डेक्स

डेक्स

नेपालगञ्जका पुनःस्थापना केन्द्रको अनुगमन
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो ।

साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह, माइती नेपालको पुनःस्थापना गृह र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन गरिएको छ । नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोवी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्यद्वय निवर्तमान उपप्रमुख उमा थापा मगर र प्रेस सल्लाहकार नवीन गिरी अनुगमनमा पुगेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका भारतसंग सीमा जोडिएको पालिका भएकाले सीमा नाकामा मानव बेचविखन प्रेरित क्रियाकलाप, महिला तथा बालबालिका ओसारपसार, जाखिमपूर्ण यात्रा गरिरहेकाहरुको चाप बढी देखिने गरेको छ । शंकास्पद गतिविधि र क्रियाकलाप देखिएकाहरुलाई आवश्यक सोधपुछ र खोजनीति गरेर शंकास्पद व्यक्तिहरु र पीडितहरुलाई अल्पकालीन आश्रम दिन पुनःस्थापना गृह सञ्चालनमा छन् । पुनःस्थापना गृहहरुले पीडितहरुलाई कानुनी उपचारमा सहयोग संगसंगै समाजमा पुनःस्थापना गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।

नेपालगञ्जमा जमुनाहा, खडैंचा, शिवपुुरी लगायतका नाकाहरुबाट पीडितहरुको उद्दार र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने गरिएको छ । अनुगमनका क्रममा पुनःस्थापना गृहहरुको संस्थागत अवस्था, भौतिक पूर्वाधार, सञ्चालन कार्यविधि लगायत विद्यमान समस्याहरुबारे जानकारी लिइएको थियो । पुनःस्थापना गृहहरु सीमिति स्रोत साधनका बाबजुद पनि व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको कार्यदल संयोजक पुरीले बताउनुभयो।


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …