Pairabi logo

माघ १३, २०८२, सोमबार                    

व्यवसायिक निरन्तरता योजनाको परीक्षण अभ्यास

डेक्स

डेक्स

व्यवसायिक निरन्तरता योजनाको परीक्षण अभ्यास
ADVERTISEMENT


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सो योजना बनाइएको हो । 

छलफलपछि तयार भएको योजना अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको उक्त योजनाको परीक्षण अभ्यास समेत गरिएको छ । यो योजनालाई अब यही साताभित्र नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरेर कार्यान्वयनको चरणमा लैजाने उपमहानगरपालिकाले जनाएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) 
अन्तर्गत बनाइएको योजनालाई प्रभावकारी बनाउन समेत जोड दिइएको छ ।  सुपर परियोजना नेपालगञ्ज उपमहानगरपालिकाको घना बस्ती मानिएको वडा नम्बर ३ र ७ मा सञ्चालित छ । 

विपतको समय र अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई निरन्तरताका लागि रणनैतिक गतिविधि कार्यान्वयन सहितको योजना तयार गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो। 
सुपर प्रोजेक्टका परामर्शदाता दिनेशचन्द्र जोशीले विपत व्यवस्थापन सम्बन्धमा तयार पारिएको व्यवसायिक निरन्तरता योजनाको विषयमा जानकारी गराउनुभएको थियो ।   सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरेर गरिएको परीक्षण अभ्यासबाट प्राप्त सुझाबलाई समेटेर योजना कार्यान्वयन गरिनेछ ।  त्यसक्रममा विपतका बेला आवश्यकीय सेवा निरन्तरताका लािग विभिन्न संयन्त्र बनाई कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समूहगत अभ्यास पनि गरिएको थियो । 

सो योजना बनाउनुको उद्देश्य जोखिम न्यूनीकरणका क्रियाकलाप अबलम्बन गरी पालिकाका कर्मचारीहरुको सुरक्षा र विपतबाट हुने कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको हानी नोक्सानी न्यूनीकरण गर्नु रहेको जोशीले बताउनुभयो। 
यसबाट सुव्यवस्थित ढंगले महत्पूर्ण प्रक्रियाहरु र सेवाहरुको निरन्तरता सुनिश्चित राख्नका लागि उपयुक्त कार्यहरु छनौट गरी मार्गदर्शन गर्नु, समयमै प्रतिकार्य, पुनर्लाभ तथा पुनर्निमाणका कार्यहरु गर्ने र सेवा प्रवाहलाई निरन्तरता दिने लगायतका कार्यमा सहजता पुग्ने बताइएको छ । 

उपमहानगरका  प्रमुख प्रशान्त विष्टले व्यवसायिक निरन्तरता योजनाले विपतको समयमा पनि सेवा सुचारु गर्न सहजता हुने विश्वास व्यक्त गर्नुभयो । विष्टले नेपालगञ्ज विपतको जोखिममा रहेकाले यसखाले योजनाले पूर्व अभ्याससंगै प्रतिकार्य गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।  योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाई रहेको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्नुभएको थियो । 

वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झना, विभिन्न विषयगत समिति संयोजक, शाखाका प्रमुख र अन्य सरोकारवालाको उपस्थिति रहेको सुपर प्रोजेक्टका शिव सुवेदीले बताउनुभयो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …