Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह

डेक्स

डेक्स

वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह
ADVERTISEMENT


नेपालगञ्ज । वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचिकृत हुन आग्रह गरिएको छ । 
उक्त प्रणालीमा सूचिकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौं जोखिम मोलेकोले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा अनिवार्य सूचिकृत हुन आग्रह गरिएको हो । 
नागरिक समाज सम्वद्ध विभिन्न संस्था र स्थानीय सरोकार भएका सस्थासँगको यहाँ भएको दुई दिने छलफलमा यस प्रणालीले वैदेशिक रोजगारमा संलग्न हुने कामदारको अधिकार सुरक्षित हुँदा त्यसबाट कामदारले लाभ लिन सक्ने कुरामा जोड दिइएको छ । 
अन्र्तराष्ट्रिय आप्रवासन संगठन (आइएमओ) नेपालका लेबर माइग्रेसन र ह्युमन डेभलपमेण्ट विभागका प्रमुख प्रज्जवल शर्माले वैदेशिक रोजगारी गएका कामदार सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताउनुभयो । 
उहाँले आइरिसका विश्वव्यापी विभिन्न सात बुँदे सिद्धान्तलाई अक्षरस पालना गर्न आग्रह गर्दै यसले कामदारको अधिकारलाई सुनिश्चित गर्ने बताउनुभयो । 
‘कामदारसँग मेनपावर कम्पनीहरुले जथाभावी शुल्क लिनै पाउदैनन्’ उहाँले भन्नुभयो । 
यो प्रणालीलाई नेपालमा लागु गर्नका लागि सन् २००६ बाट विभिन्न काम भएको र सन् २०२५ सम्मममा सबै मेनपावर कम्पनीलाई यसमा सूचिकृत हुनुपर्ने प्रावधान रहेको छ । आइसिर प्रमाणीकरणको काम सन् २०१८ बाट केही खास मुलुकमा सुरु भएको बताइएको छ । 
वैदेशिक रोजगारीमा रहेकाहरुको अधिकारलाई प्रर्वद्धन गर्न आइरिस मापदण्ड आएको हो । 
महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रेशम चापागाईले वैदेशिक रोजगारीमा रहेकाहरुको पक्षमा अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) ले वकालत गरेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेही बनाउन रोजगारदाता र रोजगार व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
आइरिस सिद्धान्तमा आप्रवासी कामदारबाट भर्ना शुल्क तथा सम्वन्ध लागत उठाउन रोक, हिँडडुलको स्वतन्त्रताको सम्मान, रोजगारीका सेवा तथा शर्तमा पारदर्शिताप्रति सम्मान, गोपनियता तथा  विवरण (डाटा) को सुरक्षाको सम्मान, समाधानका उपयमा पहुँचको सम्मान, नैतिक तथा व्यवसायिक संहिताको सम्मान , कानून तथा कामको आधारभूत सिद्धान्त र अधिकार उल्लेख भएको छ । 
महिला अधिकारकर्मी जया भण्डारीले आइरिसका सिद्धान्त पालना भए मात्रै पनि वैदेशिक रोजगारीमा गएकाले सास्ती नपाउने तर्क गर्नुहुन्छ ।  नेपालमा करिव ८५४ मेन पावर कम्पनी रहेका छन । श्रमिक भर्नामा आचार विधि प्रवद्र्धन गर्न खडा गरिएको विश्वव्यापी प्रयत्नलाई आइरिस मानिएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…