Pairabi logo

माघ १३, २०८२, सोमबार                    

वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह

डेक्स

डेक्स

वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह
ADVERTISEMENT


नेपालगञ्ज । वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचिकृत हुन आग्रह गरिएको छ । 
उक्त प्रणालीमा सूचिकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौं जोखिम मोलेकोले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा अनिवार्य सूचिकृत हुन आग्रह गरिएको हो । 
नागरिक समाज सम्वद्ध विभिन्न संस्था र स्थानीय सरोकार भएका सस्थासँगको यहाँ भएको दुई दिने छलफलमा यस प्रणालीले वैदेशिक रोजगारमा संलग्न हुने कामदारको अधिकार सुरक्षित हुँदा त्यसबाट कामदारले लाभ लिन सक्ने कुरामा जोड दिइएको छ । 
अन्र्तराष्ट्रिय आप्रवासन संगठन (आइएमओ) नेपालका लेबर माइग्रेसन र ह्युमन डेभलपमेण्ट विभागका प्रमुख प्रज्जवल शर्माले वैदेशिक रोजगारी गएका कामदार सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताउनुभयो । 
उहाँले आइरिसका विश्वव्यापी विभिन्न सात बुँदे सिद्धान्तलाई अक्षरस पालना गर्न आग्रह गर्दै यसले कामदारको अधिकारलाई सुनिश्चित गर्ने बताउनुभयो । 
‘कामदारसँग मेनपावर कम्पनीहरुले जथाभावी शुल्क लिनै पाउदैनन्’ उहाँले भन्नुभयो । 
यो प्रणालीलाई नेपालमा लागु गर्नका लागि सन् २००६ बाट विभिन्न काम भएको र सन् २०२५ सम्मममा सबै मेनपावर कम्पनीलाई यसमा सूचिकृत हुनुपर्ने प्रावधान रहेको छ । आइसिर प्रमाणीकरणको काम सन् २०१८ बाट केही खास मुलुकमा सुरु भएको बताइएको छ । 
वैदेशिक रोजगारीमा रहेकाहरुको अधिकारलाई प्रर्वद्धन गर्न आइरिस मापदण्ड आएको हो । 
महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रेशम चापागाईले वैदेशिक रोजगारीमा रहेकाहरुको पक्षमा अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) ले वकालत गरेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेही बनाउन रोजगारदाता र रोजगार व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
आइरिस सिद्धान्तमा आप्रवासी कामदारबाट भर्ना शुल्क तथा सम्वन्ध लागत उठाउन रोक, हिँडडुलको स्वतन्त्रताको सम्मान, रोजगारीका सेवा तथा शर्तमा पारदर्शिताप्रति सम्मान, गोपनियता तथा  विवरण (डाटा) को सुरक्षाको सम्मान, समाधानका उपयमा पहुँचको सम्मान, नैतिक तथा व्यवसायिक संहिताको सम्मान , कानून तथा कामको आधारभूत सिद्धान्त र अधिकार उल्लेख भएको छ । 
महिला अधिकारकर्मी जया भण्डारीले आइरिसका सिद्धान्त पालना भए मात्रै पनि वैदेशिक रोजगारीमा गएकाले सास्ती नपाउने तर्क गर्नुहुन्छ ।  नेपालमा करिव ८५४ मेन पावर कम्पनी रहेका छन । श्रमिक भर्नामा आचार विधि प्रवद्र्धन गर्न खडा गरिएको विश्वव्यापी प्रयत्नलाई आइरिस मानिएको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …