Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए

डेक्स

डेक्स

सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए
ADVERTISEMENT


नेपालगञ्ज । बाँकेमा सरकारी वन अतिक्रमण गरी घर निर्माण गरेका ५५ घर संरचना भत्काइएको छ । 
जिल्ला वन कार्यालय, बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घर टहरा भत्काएको सहायक वन अधिकृत गणेश खडकाले जानकारी दिनुभयो । 
सर्वदलीय बैठकको निर्णय अनुसार १० दिने सूचना जारी गरेर ती घर टहरा भत्काएको उल्लेख गर्दै उहाँले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउको धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जानकारी दिनुभयो ।  
जिल्लाको कोहलपुर सव डिभिजन वन कार्यालय अन्तर्गतको कोहलपुर ८ स्थित शितलछाया सामुदायिक वन, कोहलपुर ७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यावासिनी सामुदायिक वन, वागेश्वरी सामुदायिक वन, ज्योती साुमदायिक वन र बैजानाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशिल सामुदायिक वनमामा २० घर टहरा अतिक्रमण गरी घर टहरा निर्माण भएको छ । सो अतिक्रमण वि.स २०५८ सालदेखिको भएको बताइएको छ । 
सिक्टा सव डिभिजन वन कार्यालय अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी सामुदायिक वन, वागेश्वरी सामुदायिक वन, लामिडाँडा सामुदायिक वन, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा अतिक्रमण भएको छ । सो अतिक्रमण हटाइएको र पुनः बसेकोले हटाइएको छ । त्यहाँ अतिक्रमण भएको वन करिव ४२ हेक्टर रहेको छ । 
नरैनापुर सव डिभिजन वन कार्यालय अन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ती, समिर, सदावहार लगायतका सामुदायिक वनको करिव १७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको जिल्ला वन कार्यालय, बाँकेले जनाएको छ । 
नेपालगञ्ज सव डिभिजन वन कार्यालय अन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपूर्वा सादायिक वनको करिव ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ । 
राप्ती सव डिभिजन वन कार्यालय अन्तर्गत समयभवानी, सुनखोली, सिध्देश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुशुमिया, सिद्धबावा लगायतका सामुदायिक वनको करिव १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । 
शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय अन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिव ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ । 
वर्षैादेखि अतिक्रमण भएपनि स्थानीय स्तरमा राजनीतिक सहमति कायम नहँदा अतिक्रमण हटाउन नसकिएको जिल्ला वन कार्यालयले जनाएको छ । 
हामी अतिक्रमण हटाउन लागिपरेका छौ तर राजनीतिक सहमति खोज्ने प्रयास जारी छ सहायक वन अधिकृत खडकाले भन्नुभयो । 
केहीले अतिक्रमण गरेर घर निर्माण गरेर बसेका छन भने केहीले जग्गा मात्रै ओगटेर बसेको बताइएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…