Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए

डेक्स

डेक्स

सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए
ADVERTISEMENT


नेपालगञ्ज । बाँकेमा सरकारी वन अतिक्रमण गरी घर निर्माण गरेका ५५ घर संरचना भत्काइएको छ । 
जिल्ला वन कार्यालय, बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घर टहरा भत्काएको सहायक वन अधिकृत गणेश खडकाले जानकारी दिनुभयो । 
सर्वदलीय बैठकको निर्णय अनुसार १० दिने सूचना जारी गरेर ती घर टहरा भत्काएको उल्लेख गर्दै उहाँले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउको धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जानकारी दिनुभयो ।  
जिल्लाको कोहलपुर सव डिभिजन वन कार्यालय अन्तर्गतको कोहलपुर ८ स्थित शितलछाया सामुदायिक वन, कोहलपुर ७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यावासिनी सामुदायिक वन, वागेश्वरी सामुदायिक वन, ज्योती साुमदायिक वन र बैजानाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशिल सामुदायिक वनमामा २० घर टहरा अतिक्रमण गरी घर टहरा निर्माण भएको छ । सो अतिक्रमण वि.स २०५८ सालदेखिको भएको बताइएको छ । 
सिक्टा सव डिभिजन वन कार्यालय अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी सामुदायिक वन, वागेश्वरी सामुदायिक वन, लामिडाँडा सामुदायिक वन, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा अतिक्रमण भएको छ । सो अतिक्रमण हटाइएको र पुनः बसेकोले हटाइएको छ । त्यहाँ अतिक्रमण भएको वन करिव ४२ हेक्टर रहेको छ । 
नरैनापुर सव डिभिजन वन कार्यालय अन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ती, समिर, सदावहार लगायतका सामुदायिक वनको करिव १७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको जिल्ला वन कार्यालय, बाँकेले जनाएको छ । 
नेपालगञ्ज सव डिभिजन वन कार्यालय अन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपूर्वा सादायिक वनको करिव ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ । 
राप्ती सव डिभिजन वन कार्यालय अन्तर्गत समयभवानी, सुनखोली, सिध्देश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुशुमिया, सिद्धबावा लगायतका सामुदायिक वनको करिव १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । 
शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय अन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिव ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ । 
वर्षैादेखि अतिक्रमण भएपनि स्थानीय स्तरमा राजनीतिक सहमति कायम नहँदा अतिक्रमण हटाउन नसकिएको जिल्ला वन कार्यालयले जनाएको छ । 
हामी अतिक्रमण हटाउन लागिपरेका छौ तर राजनीतिक सहमति खोज्ने प्रयास जारी छ सहायक वन अधिकृत खडकाले भन्नुभयो । 
केहीले अतिक्रमण गरेर घर निर्माण गरेर बसेका छन भने केहीले जग्गा मात्रै ओगटेर बसेको बताइएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …