Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

संस्था ११ वर्षमा प्रबेश, सूचनाको हकको अभियान संस्थागत

डेक्स

डेक्स

संस्था ११ वर्षमा प्रबेश, सूचनाको हकको अभियान संस्थागत
ADVERTISEMENT

नेपालगन्ज १०, फागुन । सूचनाको हक र सुशासनको क्षेत्रका क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (IHRC) ले दश वर्ष पुरा गरि ११ वर्षमा प्रबेश गरेको छ ।

संस्थाको स्थापना दिवसका अवसरमा विगतको समिक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार सूचनाको हकको अभियानलाई संस्थागत गर्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले पश्चिम नेपालमै आफनो नाम पहिचान गराएको र सुशासन, मानव अधिकारलगायतका क्षेत्रमा पनि उपलब्धीमुलक काम गरेको छ ।

संस्थाले जिल्लामा सूचनाको हकको कार्यन्वयनका लागि विभिन्न अभियान तथा कार्यक्रम संचालन गरेपछि सार्वजनिक निकायहरुले त्यसको कार्यान्वयन गर्न थालेका छन । संस्थाले विगत १० वर्षमा विभिन्न सार्वजनिक सरोकारको सवालमा करिब दुई हजार बढी सूचना माग गरेको छ भने एक हजार बढी नागरिकलाई यस बारे सचेत गराइएको प्रतिबेदनमा उल्लेख छ ।

संस्थाले सार्वजनिक सरोकारको सवालमा समेत उच्च अदालतमा रिट दायर गर्ने अभियान पनि संचालन गर्दै आएको छ । हालसम्म करिब २० वटा सार्वजनिक सवालमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरि सोको कार्यान्वयनका लागि आदेश गरेको संस्थाले जनाएको छ ।

संस्थामा बसेको कार्यसमितिको बैठकले विगत दश वर्षको समिक्षा गर्दै आगामी दिनमा संस्थाले तयार गरेको पाँच वर्षिय रणनितिक कार्ययोजना अनुसार काम गर्ने संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । बैठकमा संस्थाका कार्यसमितिलाई विभिन्न कार्यक्रम, प्रगति, समस्या र चुनौतीबारे समिक्षा गर्दै आगामी योजना निर्धारण गरिएको छ ।

संस्थाले जिल्लामा सूचनाको हकका बारेमा अध्ययन प्रतिबेदन तयार गर्ने निर्णय गरेको छ । संस्थाले सूचनाको हकका क्षेत्रमा काम गर्ने एक जनालाई सम्मान गर्ने कार्यक्रम केही वर्षदेखि कोभिडलगायत प्राविधिक कारणले स्थागित भएकोमा अब आगामी वर्षदेखि पुन निरन्तरता दिने निर्णय गरेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो ।

संस्थाले अहिले नागरिक समाजको नेतृत्वको रुपमा समेत अगुवाई गर्दै आएको जनाएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…