Pairabi logo

माघ १३, २०८२, सोमबार                    

संस्था ११ वर्षमा प्रबेश, सूचनाको हकको अभियान संस्थागत

डेक्स

डेक्स

संस्था ११ वर्षमा प्रबेश, सूचनाको हकको अभियान संस्थागत
ADVERTISEMENT

नेपालगन्ज १०, फागुन । सूचनाको हक र सुशासनको क्षेत्रका क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (IHRC) ले दश वर्ष पुरा गरि ११ वर्षमा प्रबेश गरेको छ ।

संस्थाको स्थापना दिवसका अवसरमा विगतको समिक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार सूचनाको हकको अभियानलाई संस्थागत गर्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले पश्चिम नेपालमै आफनो नाम पहिचान गराएको र सुशासन, मानव अधिकारलगायतका क्षेत्रमा पनि उपलब्धीमुलक काम गरेको छ ।

संस्थाले जिल्लामा सूचनाको हकको कार्यन्वयनका लागि विभिन्न अभियान तथा कार्यक्रम संचालन गरेपछि सार्वजनिक निकायहरुले त्यसको कार्यान्वयन गर्न थालेका छन । संस्थाले विगत १० वर्षमा विभिन्न सार्वजनिक सरोकारको सवालमा करिब दुई हजार बढी सूचना माग गरेको छ भने एक हजार बढी नागरिकलाई यस बारे सचेत गराइएको प्रतिबेदनमा उल्लेख छ ।

संस्थाले सार्वजनिक सरोकारको सवालमा समेत उच्च अदालतमा रिट दायर गर्ने अभियान पनि संचालन गर्दै आएको छ । हालसम्म करिब २० वटा सार्वजनिक सवालमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरि सोको कार्यान्वयनका लागि आदेश गरेको संस्थाले जनाएको छ ।

संस्थामा बसेको कार्यसमितिको बैठकले विगत दश वर्षको समिक्षा गर्दै आगामी दिनमा संस्थाले तयार गरेको पाँच वर्षिय रणनितिक कार्ययोजना अनुसार काम गर्ने संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । बैठकमा संस्थाका कार्यसमितिलाई विभिन्न कार्यक्रम, प्रगति, समस्या र चुनौतीबारे समिक्षा गर्दै आगामी योजना निर्धारण गरिएको छ ।

संस्थाले जिल्लामा सूचनाको हकका बारेमा अध्ययन प्रतिबेदन तयार गर्ने निर्णय गरेको छ । संस्थाले सूचनाको हकका क्षेत्रमा काम गर्ने एक जनालाई सम्मान गर्ने कार्यक्रम केही वर्षदेखि कोभिडलगायत प्राविधिक कारणले स्थागित भएकोमा अब आगामी वर्षदेखि पुन निरन्तरता दिने निर्णय गरेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो ।

संस्थाले अहिले नागरिक समाजको नेतृत्वको रुपमा समेत अगुवाई गर्दै आएको जनाएको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …