Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जमा सरसफाई अभियान

डेक्स

डेक्स

नेपालगञ्जमा सरसफाई अभियान
ADVERTISEMENT

नेपालगन्ज ७ फागुन / नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।

त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले सरसफाई अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाई अभियान थालिएको बताउनुभयो ।

नगरलाई सफा र स्वच्छ राख्न सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने विष्टको भनाई छ । उहाँले विदेशी पर्यटकहरु भित्रिने नाका भएका कारण जमुनाहा क्षेत्रबाट सरसफाई अभियानको सुरुवात गरिएको बताउनुभयो । “उपमहानगरपालिकाको एक्लो प्रयासले मात्र सरसफाई सम्भव हुँदैन, सबै सरोकारवाला र नागरिकको हातेमालो र सहभागिताले मात्र सहरलाई सुन्दर राख्न सकिन्छ,” नगर प्रमुख विष्टले भन्नुभयो–“क्लिन नेपाल–ग्रिन नेपालगञ्ज लगायत विभिन्न संघसंस्था र निकायको सहयोगमा हामी सरसफाई अभियानलाई निरन्तरता दिन्छौं ।”

नगर उपप्रमुख राईले नेपालगञ्जलाई सफा र स्वच्छ राख्ने दायित्व सबैको भएको भन्दै नागरिकहरुमा व्यवहार परिवर्तन पनि आवश्यक रहेको बताउनुभयो ।

क्लिन नेपालगञ्ज–ग्रिन नेपालगञ्जका अभियन्ता डा.कर्णले आफूहरुले साप्ताहिकरुपमा अघि बढाएको सरसफाई अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्र्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसकेपनि अब नेपालगञ्ज उपमहानगरपालिकासंग सधैं हातेमालो र सहकार्य गर्न तत्पर रहने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गर्नुभएको थियो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…