Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा हात्तीपाइले रोग निवारण अभियान असफल

डेक्स

डेक्स

बाँकेमा हात्तीपाइले रोग निवारण अभियान असफल
ADVERTISEMENT

नेपालगन्ज, ६ फागुन । बाँके जिल्लाका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन नगर्दा हात्तीपाइले रोग निवारण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँके जिल्लामा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगञ्ज शहरका सचेत नागरिकले औषधी सेवन नगर्दा अभियान सफल हुन नसकेको हो ।

पहिलो पटक अभियान सुरु हुँदा जिल्लामा ९१ प्रतिशतले औषधी सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसबेला औषधी सेवन गरेका केही व्यक्तिको शङ्कास्पद मृत्यु र बिरामी भएपछि उक्त औषधीप्रति सर्वसाधारणको गलत बुझाइ भयो र औषधी नखानेको सङ्ख्या ह्वात्तै बढेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगविरुद्धको अभियानका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

उहाँका अनुसार बाँकेका आठ वटा स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिकाको आमऔषधी ‘कभरेज’ दर निराशाजनक रहेको छ । गत वर्षको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधी ‘कभरेज’ भएको थियो । गत वर्ष खजुराको ७८ प्रतिशत, नरैनापुरको ६४ प्रतिशत, डुडुवाको ७८ तथा वैजनाथ र राप्तीसोनारीको ७३÷७३ प्रतिशत कभरेज दर रहेको गौतमले बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जको वडा नम्बर ३ र १६ का अधिकांश समुदाय औषधी सेवन गर्न मान्दैनन् । उक्त वडामा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भन्नुभयो, “हात्तीपाइले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्ने हो, तर प्रभावकारी नै नभएपछि अहिले १३औँ चरणसम्म मात्र आइपुगेको छ, ।” उहाँका अनुसार सर्वसाधारणले औषधी नखाँदा ६ चरणमा सम्पन्न हुनुपर्ने अभियान १३औँ चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको छ । 

सरकारी मापदण्ड पूरा गर्न करिब ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्धको औषधी खानुपर्ने हुन्छ । तर यसअघि १२औँ चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको अवस्था छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…