Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा हात्तीपाइले रोग निवारण अभियान असफल

डेक्स

डेक्स

बाँकेमा हात्तीपाइले रोग निवारण अभियान असफल
ADVERTISEMENT

नेपालगन्ज, ६ फागुन । बाँके जिल्लाका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन नगर्दा हात्तीपाइले रोग निवारण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँके जिल्लामा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगञ्ज शहरका सचेत नागरिकले औषधी सेवन नगर्दा अभियान सफल हुन नसकेको हो ।

पहिलो पटक अभियान सुरु हुँदा जिल्लामा ९१ प्रतिशतले औषधी सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसबेला औषधी सेवन गरेका केही व्यक्तिको शङ्कास्पद मृत्यु र बिरामी भएपछि उक्त औषधीप्रति सर्वसाधारणको गलत बुझाइ भयो र औषधी नखानेको सङ्ख्या ह्वात्तै बढेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगविरुद्धको अभियानका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

उहाँका अनुसार बाँकेका आठ वटा स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिकाको आमऔषधी ‘कभरेज’ दर निराशाजनक रहेको छ । गत वर्षको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधी ‘कभरेज’ भएको थियो । गत वर्ष खजुराको ७८ प्रतिशत, नरैनापुरको ६४ प्रतिशत, डुडुवाको ७८ तथा वैजनाथ र राप्तीसोनारीको ७३÷७३ प्रतिशत कभरेज दर रहेको गौतमले बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जको वडा नम्बर ३ र १६ का अधिकांश समुदाय औषधी सेवन गर्न मान्दैनन् । उक्त वडामा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भन्नुभयो, “हात्तीपाइले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्ने हो, तर प्रभावकारी नै नभएपछि अहिले १३औँ चरणसम्म मात्र आइपुगेको छ, ।” उहाँका अनुसार सर्वसाधारणले औषधी नखाँदा ६ चरणमा सम्पन्न हुनुपर्ने अभियान १३औँ चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको छ । 

सरकारी मापदण्ड पूरा गर्न करिब ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्धको औषधी खानुपर्ने हुन्छ । तर यसअघि १२औँ चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको अवस्था छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …