Pairabi logo

असोज २६, २०८३, सोमबार                    

रेडक्रस बाँकेको जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन

सम्वाददाता

सम्वाददाता

रेडक्रस बाँकेको जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन
ADVERTISEMENT
  • प्रहलाद विश्वकर्मा 

नेपालगंज ५ फागुन  । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सकिएको छ । 
सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनु भयो । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिदै अभियान थप प्रभावकारी बनाउन अनुरोध गर्नु भयो ।

नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउदै बाँके जिल्लाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले ५६ वर्ष देखि समुदायसंग नजिकबाट सहकार्य गर्दै सबै तहका सरकारसंग प्रत्यक्ष समन्वय गर्दै आएको जानकारी गराउनु भयो ।

रेडक्रस बाँके तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले वर्षभरीमा २ लाख २९ हजार ८ सय ६५ व्यक्तिहरु प्रत्यक्ष लाभावन्ति भएको तथ्यांकगत विवरण सभा समक्ष पेश गर्नुभयो ।

रेडक्रस बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ बा २०७८÷२०७९ बार्षिक रु २ करोड ४२ लाख ३४ हजार ४५२ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन र आगामी आ।ब। २०८०÷२०८१ को रु। ३ करोड ५२ लाख २२ हजार ३७४ को प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो ।

४१औं जिल्ला सभाको अधिवेशनमा १७ वटा उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी रक्तसंचार सेवाको प्रवद्र्धन एवं प्राविधिक विषयमा उल्लेख्य योगदान पु¥याउनु भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. राजन पाण्डेलाई सम्मान गरियो । 

यसैगरि रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पु¥याउने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्दलाई सम्मान गरिएको छ ।

रेडक्रस बेतहनी उपशाखाका सभापति सोहनलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

 

सभापतिमा पुनः सम्झना निर्वाचित 

 अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेशनबाट सभापतिमा पुनः गोवर्धन सिंह सम्झना निर्वाचित हुनु भएको छ ।

उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्ष दुखीराम लोनिया, र सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्रेल, खागेश्वरी रावत र सरिता देवी ज्ञवाली निर्वाचित हुनु भएको छ ।


 निर्वाचन अधिकारी नवराज ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…