बर्दिया । ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बढैयाताल ६ मैनापोखरमा भएको सो कार्यक्रममा मकैको उत्पादनलाई बजारीकरण समेत गरीे मकै प्रर्वद्धनमा जोड दिइएको छ । मकैको उत्पादन देखि बजारीकरणसम्मको जानकारी र सेवा दिन ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनुभयो ।
कार्यक्रममा एकिकृत कृषि तथा पशुपनछी विकास कार्यालय गुलरिया बर्दिया ,सिमीट नेपाल ,गेट नेपाल र यस क्षेत्रका मकैै उत्पादक कृषकहरुलाई संस्थामा उपस्थित गराएर आगामी वर्षमा ३० हेक्टर क्षेत्रफल जमिनमा संस्थाले मकै खेती गर्ने र अन्य कृषकहरुले बढैयाताल गाँउपालिका भित्र कम्तीमा पनि २ सय हेक्. क्षेत्रफल जमिनमा मकै खेती गर्न प्रेरणा र भारतीय बजारबाट आयात हुने मकैमा कमी भन्ने उदेश्यले एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यलय गुलरिया बर्दियाको अगुवाईमा कार्यक्रमको आयोजना भएको हो । कृषकहरुलाई यो कार्यक्रमले मकै खेती गर्नका लागि थप प्ररेणा मिलेको सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष्य बिष्णु प्रसाद लम्सालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाललाई सहकारी अध्यक्षयले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।