Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

डेक्स

डेक्स

सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम
ADVERTISEMENT

नेपालगन्ज १३ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । 


आज एक कार्यक्रमका विच तालिमको समापन गर्दै लुम्विनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले कर्मचारीहरुका लागि निजामती सेवा ऐनको अभावमा कर्मचारीहरुको सेवा बृत्ति विकासमा समस्या भएको भन्दै तत्काल कानून बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सो सम्वन्धी कानूनका केही मस्यौदा समेत तयार रहेकाले तत्काल त्यसलाई अध्ययन र सुझाव लिइ विधियेकको रुपमा ल्याउनुपर्ने माग गर्दै प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई तालिम केन्द्रका रुपमा स्थापना गर्न तयार भएको विधियेक पनि पास गर्नुपर्ने बताउनुभयो । 


सचिव थापाले कर्मचारीको दक्षता भनेको तालिम र अनुभव भएकाले योग्यता अनुसार ज्ञान र सिपका आधारमा सेवाग्राहीलाई सरल र चुस्त सेवा प्रदान गर्न निर्देशन दिनुभयो । 

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले कर्मचारीहरुलाई बेलाबेलामा दक्ष बनाउनुपर्नेमा जोड दिदै कर्मचारीको सकारात्मक सोचको व्यवहारमा परिवर्तन ल्याई सेवाग्राहीलाई राम्रोसंग सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले एक दुई जना कर्मचारीको गल्तीले सबै कर्मचारी बदनाम हुने गरेको भन्दै कर्मचारीको व्यवहार र प्रबृत्तिमा भर पर्ने भएकाले हाजिरी मात्र नभई त्यसले गर्ने काम र उपलब्धीको मुल्याकन गर्नुपर्नेमा जोड दिनुभयो । 


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले तालिमले कर्मचारीको ज्ञान, सिप र प्रबृत्तिको विकास गर्नेभएकोले सेवा प्रवाहका काममा सेवाग्राही सन्तुष्ट गराउने गरि सेवा दिनुपर्ने बताउनुभयो । प्रदेश सुशासन केन्द्रका सुशासन विज्ञ प्रेम नारायण श्रेष्ठले तालिम पश्चात कर्मचारीले सेवाग्राहीलाई सरल, सहज र चुस्त सेवा पाउने आशा व्यक्त गर्नुभयो । 
तालिम लिएका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

 तालिममा सहभागीहरु मध्ये दिनेश पोख्रेल र भगवती बुढलाई सर्वोत्कृष्टको प्रमाणपत्र वितरण गरिएको सुशासन केन्द्रका विष्णु न्योपानेले बताउनुभयो । कार्यालय संचालन तथा व्यवस्थापन, शुसासन, दैनिक प्रशासन कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइएको सुशासन केन्द्रका शाखा अधिकृत मनोज कुमार थारुले बताउनुभयो ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …