Pairabi logo

कात्तिक २३, २०८३, आइतबार                    

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

डेक्स

डेक्स

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र
ADVERTISEMENT

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “फरक सन्दर्भ, साझा आकांक्षा” भन्ने मूल भावकासाथ बर्दियाको मधुवन नगरपालिकामा युवा केन्द्रित सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । 

मधुवन नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा जिल्ला प्रहरी कार्यालय, बर्दियाको समन्वयमा सो कार्यक्रम सञ्चालन गरिएको हो । लागु औषध दुब्र्यसनी विरुद्ध बिधार्थीहरुमा सचेतना जगाउने उदेश्यले शुक्र माध्यमिक विद्यालय, भृकुटी माध्यमिक विद्यालय र धर्मज्योति माध्यमिक विद्यालयका बालबालिकाहरुलाई सो अभिमुखिकरण गरिएको हो 

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथि रहनुभएको  सो कार्यक्रममा महिला, बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा,  शिक्षा शाखा प्रमुख नारायण खनाल, वडा अध्यक्ष हर्क बहादुर बस्नेत, दिलिप गुरुङ, वडा सचिब शोभा शर्मा, बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी।के।, फिल्ड सुपरभाइजर सबित्रा भाटका साथै  शिक्षक तथा विद्यार्थीहरूको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

विद्यार्थी तथा युवाहरूलाई लागुऔषध दुव्र्यसन र यसका नकारात्मक प्रभावहरूबारे सचेत गराउने, लागुऔषध दुव्र्यसनका कारण, प्रभाव, रोकथाम तथा न्यूनीकरणका उपायबारे जानकारी तथा छलफल गर्ने, युवाहरूलाई सचेत, स्वस्थ, जिम्मेवार र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने, युवा पुस्तालाई आफ्नो परिवार, समुदाय र समाजको सकारात्मक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने उदेश्यले संचालिक सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षकले मुख्य सत्र सञ्चालन गर्नुभएको थियो । 

सो सत्रमा लागुऔषध प्रयोगका प्रमुख कारणहरू, यसको शारीरिक तथा मनोसामाजिक असर, शिक्षा तथा पारिवारिक जीवनमा पर्ने प्रभाव, कानुनी परिणाम, रोकथामका उपाय तथा उपलब्ध सहयोग र सेवाका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमले विद्यार्थी तथा युवाहरूमा लागुऔषध दुव्र्यसनका जोखिम र यसका दीर्घकालीन असरबारे सचेतना अभिवृद्धि गर्दै सकारात्मक, स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउन उत्प्रेरित गरेको छ । 

साथै, बालबालिका तथा युवासँग सम्बन्धित चुनौतीहरू समाधान गर्न स्थानीय सरकार, विद्यालय, सुरक्षा निकाय, परिवार, समुदाय तथा नागरिक समाज संस्थाबीचको सहकार्य र सामूहिक जिम्मेवारी अझ महत्वपूर्ण हुने सन्देशसमेत प्रवाह गरेको छ ।

सहभागीहरूले बालबालिका तथा युवाका लागि सुरक्षित, सहयोगी, समावेशी तथा लागुऔषधमुक्त वातावरण निर्माण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

समापन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख भाट तथा अन्य प्रतिनिधिहरूले युवाहरू विकासका लाभग्राही मात्र नभई विकास र सामाजिक रूपान्तरणका महत्वपूर्ण साझेदार तथा परिवर्तनका संवाहक भएकोले उनिहरुलाई लागु औषधको कुलतबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । 

सो कार्यक्रमले युवाहरूलाई आफ्नो ज्ञान, सीप, सिर्जनशीलता तथा नेतृत्व क्षमताको सदुपयोग गर्दै लागुऔषध दुव्र्यसन, मानव बेचबिखन तथा अन्य बाल संरक्षणसम्बन्धी चुनौतीहरू समाधान गर्न अग्रसर हुन प्रेरित गरिएको थियो । 

ताजा

सबै

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

लोकप्रिय

यो पनि

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…