Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

डेक्स

डेक्स

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन
ADVERTISEMENT

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो । 

युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको गठन शुरु गरिएको जनाईएको छ । 

पूर्वसहभागी युवा क्लबको गठनसँगै सदस्यहरूको भूमिका तथा जिम्मेवारी, सञ्जाल विकास तथा पैरवी, अभियान निर्माण, व्यावसायिक क्लब व्यवस्थापन, युवा सहभागिता तथा युवाको नेतृत्वमा सामाजिक रूपान्तरणका पहलहरू सम्बन्धमा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।

बढैयातालको कार्यक्रम उदघाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको उपस्थिति रहेको थियो भने गुलरिया नगरपालिकाको् कार्यक्रममा उपप्रमुख सावित्रा गौतम, महिला तथा बालबालिका विकास शाखा प्रमुख गीता बकावल तथा शिक्षा शाखाका प्रतिनिधि पुष्पलाल शर्मा लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

पालिकाका उपप्रमुख र उपाध्यक्षले युवाहरूलाई नेतृत्व, जिम्मेवारी र सकारात्मक कार्यलाई आत्मसात् गर्दै समुदायमा देखिने तथा दिगो परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो । साथै, स्थानीय सरकार तथा युवाबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समुदाय विकासमा रचनात्मक योगदान पु¥याउन आग्रह गर्नुभयो ।

कार्यक्रमको सहजीकरण सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजकद्वय मनोज पौडेल र गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो । बढैयातालको कार्यक्रममा फिल्ड सुपरभाइजर रामबहादुर थारु र भगवती बी.केको समेत उपस्थिति रहेको थियो भने गुलरियामा नगमा मनिहार र रामकली थारुको महत्वपूर्ण भूमिका रहेको थियो । 

गुलरिया नगरपालिकामा वडा नं। १, २, ४, ५, ६, ८, ११ र १२ बाट गरी जम्मा ३१ जना किशोरकिशोरी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सो अवसरमा मील अफिसर धिरज कुमार चौधरी र प्रोजेक्ट प्रोटेक्सन अफिसर बिजय शर्माको पनि उपस्थिति रहेको थियो । 

सोही कार्यक्रममा दिपा चन्दको संयोजकत्वमा २५ सदस्यीय गुलरिया नगरपालिकास्तरीय संयुक्त पूर्वसहभागी युवा क्लब गठन गरिएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दियाका सातवटै स्थानीय तहका विभिन्न क्लबका पूर्वसदस्यहरूलाई क्रमशः पूर्वसहभागी युवा क्लबमार्फत संगठित र जोड्दै लैजाने जानकारी दिनुभयो । 

सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त साझेदारीमा बर्दियाका सात वटा पालिकामा सञ्चालन हुँदै आएको छ ।

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…