Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

डेक्स

डेक्स

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन
ADVERTISEMENT

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो । 

युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको गठन शुरु गरिएको जनाईएको छ । 

पूर्वसहभागी युवा क्लबको गठनसँगै सदस्यहरूको भूमिका तथा जिम्मेवारी, सञ्जाल विकास तथा पैरवी, अभियान निर्माण, व्यावसायिक क्लब व्यवस्थापन, युवा सहभागिता तथा युवाको नेतृत्वमा सामाजिक रूपान्तरणका पहलहरू सम्बन्धमा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।

बढैयातालको कार्यक्रम उदघाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको उपस्थिति रहेको थियो भने गुलरिया नगरपालिकाको् कार्यक्रममा उपप्रमुख सावित्रा गौतम, महिला तथा बालबालिका विकास शाखा प्रमुख गीता बकावल तथा शिक्षा शाखाका प्रतिनिधि पुष्पलाल शर्मा लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

पालिकाका उपप्रमुख र उपाध्यक्षले युवाहरूलाई नेतृत्व, जिम्मेवारी र सकारात्मक कार्यलाई आत्मसात् गर्दै समुदायमा देखिने तथा दिगो परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो । साथै, स्थानीय सरकार तथा युवाबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समुदाय विकासमा रचनात्मक योगदान पु¥याउन आग्रह गर्नुभयो ।

कार्यक्रमको सहजीकरण सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजकद्वय मनोज पौडेल र गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो । बढैयातालको कार्यक्रममा फिल्ड सुपरभाइजर रामबहादुर थारु र भगवती बी.केको समेत उपस्थिति रहेको थियो भने गुलरियामा नगमा मनिहार र रामकली थारुको महत्वपूर्ण भूमिका रहेको थियो । 

गुलरिया नगरपालिकामा वडा नं। १, २, ४, ५, ६, ८, ११ र १२ बाट गरी जम्मा ३१ जना किशोरकिशोरी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सो अवसरमा मील अफिसर धिरज कुमार चौधरी र प्रोजेक्ट प्रोटेक्सन अफिसर बिजय शर्माको पनि उपस्थिति रहेको थियो । 

सोही कार्यक्रममा दिपा चन्दको संयोजकत्वमा २५ सदस्यीय गुलरिया नगरपालिकास्तरीय संयुक्त पूर्वसहभागी युवा क्लब गठन गरिएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दियाका सातवटै स्थानीय तहका विभिन्न क्लबका पूर्वसदस्यहरूलाई क्रमशः पूर्वसहभागी युवा क्लबमार्फत संगठित र जोड्दै लैजाने जानकारी दिनुभयो । 

सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त साझेदारीमा बर्दियाका सात वटा पालिकामा सञ्चालन हुँदै आएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…