Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

डेक्स

डेक्स

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
ADVERTISEMENT

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । 

अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय स्वरूप पत्रकारहरुलाई सहयोग पुगोस भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताउनुभयो । 

‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘रिर्पोटिंगका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’  

स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताउनुभयो । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति, युनियनका अग्रज नेतालगायतलाई आभार व्यक्त गरेको छ ।

यसैगरी नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी, प्रदेश र संघीय प्रतिनिधि परिषदलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । 

युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तबाबू रेग्मी, युनियन लुम्बिनी प्रदेश महासचिव नवीी गिरी, युनियनका पूूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, जयनारायण शाह, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमलगायतको उपस्थिति रहेको थियो ।

सो क्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले युनियन बाँकेले सर्वसम्मत कार्यसमिति चयन गरेर अन्य शाखालाई सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष प्रियास्मृत ढकालले आफुले सक्दो रचनात्मक कार्य गर्ने प्रयास गरिएको बताउनुभयो । 

उहाँले तीन वर्षीय कार्यकालका आफुलाई पनि धेरै कुराको सिकाई भएको बताउँँदै नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई पद हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले निर्वाचित टिमले अझ बढी रचनात्मक कार्य गर्न सकोस बनेर शुभकामना दिनुभएको थियो ।

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…