Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सामाजिक लेखा परीक्षण बैठक

सम्वाददाता

सम्वाददाता

सामाजिक लेखा परीक्षण बैठक
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका आई एन एफ नेपाल साइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक पौष २० गते बुद्धवार सम्पन्न गरेका छ ।
 आई एन एफ नेपाल साइनिङ्ग अस्पताल तथा सामुदायिक परियोजना बाँकेको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको समन्वयमा पौष २० गते बुद्धवार सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक  सम्पन्न भएको छ । 
बाँकेको जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित रहेको आई एन एफ नेपाल बाँके शाखा अन्र्तगत रहेका साईनिङ्ग अस्पताल बाँके र सामुदायिक परियोजना कार्यक्रमहरुले आर्थिक वर्ष २०७८÷७९ मा संञ्चालन गरेका कार्यक्रमहरुको सामाजिक परिक्षण तथा जिल्ला स्तरिय गरिएको आफना कार्यक्रमहरुको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक पौष २० गते बुद्धवार सम्पन्न गरेको छ । 
उक्त कार्यक्रममा साईनिङ्ग अस्पतालका प्रमुख मंगल बहादुर थारुले अस्पतालले गरेका कार्यक्रम र गतिबिधिहरु तथा त्यसका लक्ष्य र हासिल गरेका उपलब्धिहरु प्रस्तुत गर्नुभएको थियो । थारुले वर्षभरिमा साईनिङ्ग अस्पतालबाट १५,५८२ जना र समुदाय स्तरमा गरिएको स्वास्थ्य शिविरमा ९४८ जना गरी जम्मा १६,५३० जना सेवाग्राहीले उपचार पाएको कुरा बताउनु भएको थियो । यसैगरी यस साईनिङ्ग अस्पतालबाट यस आर्थिक वर्षमा १ सय ५७ जना विभिन्न जिल्लाका नयाँ कुष्ठरोगी बिरामीहरुको निदान भएको छ , जस मध्ये बाँके जिल्लाका ६१ जना , बर्दिया जिल्लाका ४९ जना सुदूरपश्चिम प्रदेशका ११ जना, भारतका विभन्न स्थानबाट १९ जना र बाँकी अन्य विभिन्न जिल्ला, कर्णाली प्रदेश लगायतका ठाउँबाट आएका बिरामीहरु निदान भएको जानकारी गराउनु भएको थियो ।
यसरी कार्यक्रममा बाँके र बर्दिया जिल्लाका सर्वाधिक संख्यामा कुष्ठरोगीको संख्या भएको कुरा जानकारी गाराईएको थियो । यसै आर्थिक वर्षमा बाँके र बर्दिया जिल्लाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमंसेविका, स्कूल, विभिन्न धार्मिक अगुवाहरु र पत्रकारहरुलाई पनि तालिम तथा अभिमुखीकरण गराईएको जानकारी गराउनु भएको थियो । 
यसैगरी यस आर्थिक वर्षमा २ करोड ७४ लाख कुल खर्च बजेट भएको र करीब १४ लाख बराबरको औषधि उपचार निःशुल्क रुपमा बिरामीहरुलाई उपलब्ध गराएको जानकारी दिनुभएको थियो । कार्यक्रमकै सिलसिलामा मंगल बहादुर थारुले आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमहरु र बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक बिदा बाहेक ६ दिन काम हुने गर्छ बताएको थियो । 
यसैगरी परियोजना संयोजक अभिषेक बिकले आई एन एफ नेपाल बाँके शाखाद्वारा सञ्चालित  समुदाय विकास अन्र्तगत नेपालगंज उप– महानगरपालिका वार्ड नं–. ६, ९ र १३, तथा जानकी गाउँपालिका वार्ड नं.– १, ४ र ६ मा ‘मानव बेचबिखन तथा हिंसा अन्त्यका लागी समुदायमा हाम्रो प्रयास (एक्टिभ) परियोजना’को बारेमा प्रगति प्रस्तुतीकरण गर्नुभएको थियो । यस परियोजनाद्वारा मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्नका लागी समुदायमा जम्मा ६० वटा स्वावलम्बन समूहहरु गठन गरी कार्य सञ्चालन गर्दै आई रहेको छ । दुबै पालिकामा ६० वटा समुूहरु गठन भई नियमित रुपले सञ्चालन भईरहेका छन । आ ब २०७८÷७९ मा यस परियोजनाले जम्मा ३,३३२ जना सेवाग्राहीहरुले सेवा प्राप्त गर्न सफल भएका छन । जस मध्ये पुरुषको संख्या ५ सय २२, महिलाको संख्या २, ६ सय ११, किशोरको संख्या ९२ र किशोरीको संख्या २७ , पुरुष अपाङ्गता १२ र महिला अपाङ्गता भएका ६८ जना गरी जम्मा ३ हजार ३ सय ३२ जना लाभान्भित भएका छन । जम्मा २९ जना सेवाग्राहीहरुले आय आर्जनका निम्ति सहयोग पाउन सफल भएका छन । २० जना सेवाग्राहीहरुले सिपमुलक तालिम प्राप्त गरेका छन । यो परियोजनाको आ ब २०७८÷७९  जम्मा बजेट रकम रु ७,८७२,७८८ रहेको थियो ।

 सो कायक्रममा जिल्ला समन्वय समिति बाँकेका उप– प्रमुख सीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार भेषराज बस्नेतले गर्नुभएको थियो सो कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका प्रमुख कृष्ण आचार्य,स्वास्थय कार्यालय बर्दियाका प्रमुख गोकार्ण गिरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज वार्ड नं.–९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मी, नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले परियोजनाले गरेको कार्यहरुको बारेमा सुझाव सल्लाह दिनुभएको थियो । 


यसरी सो कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं.–१ का वडाध्यक्ष मोहम्मद रजा राई,  अध्यक्ष, वडा नंं.–३ का वडाध्यक्ष वडा नं.–४ का वडाध्यक्ष रमेश कुमार वर्मा, वडा नं.–६ का वडाध्यक्ष जगदीश प्रसाद हरिजन, नेपालगन्ज उप–महानगरपालिका वाड नं.– ६ का वडाध्यक्ष समीर प्रताप सिंह, वडा नं.–१३ का वडाध्यक्ष सुरेश सिंह ठाकुर, वडा नं.–९का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मी, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, गैर सरकारी संस्था तथा अन्य सघं संस्थाका प्रमुख तथा प्रतिनिधि, साईनिङ्ग अस्पतालका लैंगिक अधिकृत शकुन्तला सुवेदी, नरेन्द्र बहादुर साउद, याम बहादुर खत्री, अविशेक बिक, दिपक कुमार थारु, लोकेन्द्र बहादुर रोका क्षेत्री, सावित्री बिक, तथा सामुदायिक परियोजनाका सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…