Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सुशासनका लागि नागरिक खबरदारी आवश्यक

डेक्स

डेक्स

सुशासनका लागि नागरिक खबरदारी आवश्यक
ADVERTISEMENT

नेपालगन्ज, २२ पुस । नागरिक समाजको अगुवाईको रुपमा रहेको र सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको दशौ वार्षिक साधारण सभा आज बसेको छ । 


सभाको उदघाटन गर्दै प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले सेवा प्रदायक निकायहरुले प्रवाह गर्नेको गुणस्तरियता र प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै सरकारी कार्यालयका सेवा चुस्त दुरस्त बनाउन विशेष पहल गर्ने बताउनुभयो । उहाँले मुलुकका हरेक निकायहरुमा भ्रष्टाचार मौलाएकाले त्यसको नियन्त्रणका लागि प्रभावकारी प्रणालीको व्यवस्था गर्नुपर्नेमा भन्दै यस्ता समस्यालाई नितिगत व्यवस्थामा सुधार गर्न पहल गर्ने बताउनुभयो । सांसद तिवारीले हरेक निकायमा सुशासन कायम गर्न नागरिकहरु आफै सचेत भई त्यसको खबरदारी गर्नुपर्ने बताउनुभयो । 


सभामा वरिष्ठ अधिबक्ताद्धय इन्द्रजित तिवारी र विजयकुमार गुप्तले मुलुकमा रहेका विभिन्न समस्याको समाधानका लागि अहिलेको सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिदै नागरिकका आधारभुत सवालका बारेमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । 


सभामा राष्टिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धावरिका अधिकारीले संस्थाले मानव अधिकारको क्षेत्रमा उल्लेख्य काम गरेको प्रशासां गर्दै मानव अधिकारसंग सम्वन्धित थुप्रै समस्या तथा सवालहरुका बारेमा आवाज उठाउनुपर्ने बताउनुभयो । 
सभामा गैरसरकारी संस्था महासंघ बाँके सदस्य सुर्यलाल यादव, उच्च अदालत बार नेपालगन्जका पुर्व अध्यक्ष बलबहादुर चन्द, सामाजिक अभियन्ता डा. विनोद कर्ण, नागरिक समाजका अभियन्ताहरु कृष्णमुरारी प्रसाद भट्ट, शैलेन्द्र बैश्य, कोहिनुर मल्ल ठकुरी, रविन्द्र ज्ञवाली, मधईसिंह सरदार, केवलसिंह थारु, रविन्द्र ज्ञवाली लगायतले शुभकामना दिनुभएको थियो । 


सभामा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रे संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सचालन गर्ने कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सभामा सहभागि साधारण सदस्य तथा नागरिक अभियन्ताले जिल्लामा सार्वजनिक चासोका सवाल, सुशासन, भष्टाचार, मानव अधिकारसम्वन्धी विभिन्न कुराहरु उठाएका थिए । 
त्यस अवसरमा संस्थाले सांसद तिवारीलाई सम्मान समेत गरेको थियो ।

संस्थाका कार्यसमिति सदस्य तथा सूचना अभियन्ताका रुपमा कार्य गर्दैआएकाले यस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै संस्थाले सम्मान गरेको हो । संस्थाले सूचनाको हक, सशासन, मानव अधिकार र कानुन क्षेत्रमा गरेको विभिन्न कार्यहरुको बारेमा छलफल गरिएको थियो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…