Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सांसद तिवारीलाई गृह जिल्लामा स्वागत

डेक्स

डेक्स

सांसद तिवारीलाई गृह जिल्लामा स्वागत
ADVERTISEMENT

नेपालगन्ज, २० पुस । प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीलाई आज नेपालगन्जमा स्वागत गरिएको छ । नागरिक समाजको तर्फबाट सांसद तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो । 


सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले नेपालगन्ज विमानस्थलमा स्वागत तथा सम्मान गरेको हो । सांसद पदमा सपथ लिएपछि आज बुधबार पहिलो पटक गृह जिल्ला बाँके आउनुभएका उहाँलाई नागरिक समाज तथा अभियन्ताहरुको समुहले सम्मान गरेको हो ।

 
सांसद तिवारीलाई देशमा सुशासन, भ्रष्टाचारको अन्त्य, अधिकारसंग जनतासंग प्रत्यक्ष सरोकार राख्ने काम लगायतका सवालमा नितिगत सुधार र परिवर्तनका लागि पहल गर्न सुझाव प्रदान गरिएको छ । 


त्यसक्रममा सांसद तिवारीले सांसद पदमा पुग्नुभन्दा अघि यही क्षेत्रबाट अधिकारको क्षेत्रमा काम गरेको स्मरण गर्दै मेरो पहिलो प्राथमिकता नै नागरिकका सामान्य आवश्यकता र सवालमा विशेष काम गर्ने बताउनुभयो । उहाँले बाँके जिल्लाको विकास निमार्णसंगै नागरिकहरुको सरल र सुलभ सेवा प्रदान गर्न मुख्य भुमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नुभयो । 


सांसद तिवारीलाई अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, ज्येष्ठ नागरिक अगुवा कृष्णमुरारी प्रसाद भट्ट, समाजसेवी अभियन्ता उमानाथ तिवारी, धु्रबराज शर्मा, शैलेन्द्रकुमार बैश्य, अरुण तिवारी, हरपाल केसी, मनोज तमोली नारयाण पाल, एश्वर्य ज्ञवाली, नरिसिंह सोनी लगायतले स्वागत गर्नुभएको थियो । 


विमानस्थलमा सांसद तिवारीलाई फुलमाला र गम्छाले स्वागत गरि सम्मान गरिएको थियो । 
त्यसक्रममा नेपालमा विधीको शासन तथा कानून कार्यान्वयनका लागि नेपालको संविधान २०७२ को अवधी अनुवाद प्रदान गरिएको थियो ।  

यसैगरि नेपालगन्जमा ट्रकको ठक्करबाट मृत्यु भएका विद्यार्थी तेजन थापा मगरका परिवारलाई घरमै पुगेर सांसद तिवारीले भेटघाट गरि मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँको घरमृतकका आफन्तले माग गरेको क्षतिपुर्तिका बारेमा पिडितलाई उचित क्षतिपुर्ति र न्यायका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …