Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सांसद तिवारीलाई गृह जिल्लामा स्वागत

डेक्स

डेक्स

सांसद तिवारीलाई गृह जिल्लामा स्वागत
ADVERTISEMENT

नेपालगन्ज, २० पुस । प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीलाई आज नेपालगन्जमा स्वागत गरिएको छ । नागरिक समाजको तर्फबाट सांसद तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो । 


सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले नेपालगन्ज विमानस्थलमा स्वागत तथा सम्मान गरेको हो । सांसद पदमा सपथ लिएपछि आज बुधबार पहिलो पटक गृह जिल्ला बाँके आउनुभएका उहाँलाई नागरिक समाज तथा अभियन्ताहरुको समुहले सम्मान गरेको हो ।

 
सांसद तिवारीलाई देशमा सुशासन, भ्रष्टाचारको अन्त्य, अधिकारसंग जनतासंग प्रत्यक्ष सरोकार राख्ने काम लगायतका सवालमा नितिगत सुधार र परिवर्तनका लागि पहल गर्न सुझाव प्रदान गरिएको छ । 


त्यसक्रममा सांसद तिवारीले सांसद पदमा पुग्नुभन्दा अघि यही क्षेत्रबाट अधिकारको क्षेत्रमा काम गरेको स्मरण गर्दै मेरो पहिलो प्राथमिकता नै नागरिकका सामान्य आवश्यकता र सवालमा विशेष काम गर्ने बताउनुभयो । उहाँले बाँके जिल्लाको विकास निमार्णसंगै नागरिकहरुको सरल र सुलभ सेवा प्रदान गर्न मुख्य भुमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नुभयो । 


सांसद तिवारीलाई अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, ज्येष्ठ नागरिक अगुवा कृष्णमुरारी प्रसाद भट्ट, समाजसेवी अभियन्ता उमानाथ तिवारी, धु्रबराज शर्मा, शैलेन्द्रकुमार बैश्य, अरुण तिवारी, हरपाल केसी, मनोज तमोली नारयाण पाल, एश्वर्य ज्ञवाली, नरिसिंह सोनी लगायतले स्वागत गर्नुभएको थियो । 


विमानस्थलमा सांसद तिवारीलाई फुलमाला र गम्छाले स्वागत गरि सम्मान गरिएको थियो । 
त्यसक्रममा नेपालमा विधीको शासन तथा कानून कार्यान्वयनका लागि नेपालको संविधान २०७२ को अवधी अनुवाद प्रदान गरिएको थियो ।  

यसैगरि नेपालगन्जमा ट्रकको ठक्करबाट मृत्यु भएका विद्यार्थी तेजन थापा मगरका परिवारलाई घरमै पुगेर सांसद तिवारीले भेटघाट गरि मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँको घरमृतकका आफन्तले माग गरेको क्षतिपुर्तिका बारेमा पिडितलाई उचित क्षतिपुर्ति र न्यायका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…