Pairabi logo

असोज २६, २०८३, सोमबार                    

ज्येष्ठ नागरिक न्यानो सिरक वितरण

डेक्स

डेक्स

ज्येष्ठ नागरिक न्यानो सिरक वितरण
ADVERTISEMENT

शितलहर चलिरहेका बेला न्यानो सिरक पाउँदा बढैयाताल गाउँपालिका ३ का १०५ वर्षीय काले कामीको खुसीले गद्गद भए । शितलहरले आत्तिएको बेला न्यानो सिरक पाउँदा मन आनन्दित भएको उनले बताए । ‘चिसोले रात काट्न मुस्किल परिरहेको थियो । अव आनन्दले सुत्न पाइने भयो,’ सिरक पाएपछि उनले भने ।
उनीसँगै सोही वडाका ९५ वर्षीया पञ्चकली विकले पनि न्यानो सिरक पाइन् । पर्याप्त ओढ्ने, ओछ्याउने नहुँदा शरिरमा चिसो पसेको उनले बताइन् । ‘अव त ढुक्कले सुत्न पाइने भयो,’ उनले भनिन्, ‘चिसो लाग्ने डर हटेर गयो ।’
शितलहरबाट जोगाउन समाजसेवी कुलबहादुर विक र पूर्ण विकको पहलमा शारदा कपास उद्योगका संचालक नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनीका पंकजकुमार बैश्यले काले कामीसहित ५० जना ज्येष्ठ नागरिक, अपाङ्ग र सुत्केरी महिलालाई न्यानो सिरक वितरण गरेका हुन् ।


बढैयाताल गाउँपालिका ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा भएको सिकर वितरण कार्यक्रममा शारदा कपास उद्योगका संचालक बैश्यले शितलहर चलिरहेका बेला चिसोबाट जोगाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका र सुत्केरी महिलालाई न्यानो सिरक प्रदान गर्न पाएकोमा खुसी लागेको बताए । उनले भने, ‘मानव भएर मानवको सेवा गर्नु नै परम धर्म हो । चिसोबाट अभिभावकको रुपमा रहेका ज्येष्ठ नागरिक, शारिरिक अपांगता भएका र सुत्केरी महिलालाई सहयोग गर्न पाउनु मेरो लागि गर्वको काम हो । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदछु ।’
कार्यवहाक वडा अध्यक्ष विकले ज्येष्ठ नागरिकको सेवा गर्ने हामी सवैको दायित्व भएको बताइन् । उनले अभिभावकको रुपमा रहेका ज्येष्ठ नागरिकको सम्मान र सेवा गरे हामी सवैको सम्मान बढ्ने धारणा राखिन् ।


सो अवसरमा शारदा बहुमुखि क्याम्पसका अध्यक्ष प्रेम त्रिपाठी, बढैयाताल उद्योग बाणिज्य संघका उपाध्यक्ष रविन्द्र रावल, जनजागरण महिला संघका उपाध्यक्ष गोमा पौडेल, माछापुछ«े क्लवका मुकुन्द शर्मा, दलित महिला संघकी भगवती विक, हरियाली महिला समूहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।


बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण
यसैवीच, शितलहरबाट जोगाउन बढैयाताल गाउँपालिका ३ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका ३४ जना विद्यार्थीलाई मंगलवार न्यानो कपडा वितरण गरिएको छ ।
समाजसेवी कुलबहादुर विकको पहलमा नेपालगन्ज टांगा स्टेशनका समाजसेवी नरेश अग्रवालले बौद्धिक अपाङ्गता भएका ३४ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन् ।
प्रमुख आतिथीको आसनबाट बोल्दै लुम्विनी प्रदेसका सांसद भुवनेश्वर चौधरीले बौद्धिक अपांगता भएका विद्यार्थीलाई माया, ममता र सम्मान दिए उनीहरुको आत्मबल बढ्ने र शिक्षण सिकाईमा सहयोग पुग्ने बताए । उनले असहायको सेवाले जुनीजुनीसम्म सम्मान र प्रतिष्ठा बढ्ने धारणा राखे ।

बौद्धिक अपांगता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण हुँदै ।


वडा नं. ३ का कार्यवहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा न्यानो कपडा दाता अग्रवालले शिक्षाले समाज र देस परिवर्तन सम्भव भएकोले आफूले बौद्धिक अपांगता भएका विद्यार्थीको शिक्षण सिकाईमा टेवा पुर्याउन न्यानो कपडा प्रदान गरेको बताए । ‘धन कमाउने मात्र ठूलो कुरा होइन । कमाएको धन सामाजिक कार्यमा लगाउन पनि सक्नु पर्छ । धनले खान दिन्छ । सामाजिक कार्यले सम्मान र प्रतिष्ठा बढ्छ,’ उनले भने, ‘असहायको सेवाले धर्म र पुण्य प्राप्ति हुन्छ ।’
उनले आगामी दिनमा पनि सामाजिक कार्य गर्ने उनले प्रतिवद्धता जनाए । वडा नं. ३ ले क्रिश्मश डे को अवसरमा यसअघि असहाय बालबालिकालाई न्यानो कपडा प्रदान गरेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…