Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

कृषकलाई परामर्शका लागि एप्स मेशिन हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

कृषकलाई परामर्शका लागि एप्स मेशिन हस्तान्तरण
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया, १४ पुस । बर्दियाको बढैयाताल ८ तिलकानास्थित द्धीप लगन सामाजिक उद्यमी महिला सहकारी संस्थालाई किओस मेशिन हस्तान्तरण गरिएको छ । थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले हेपर ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा गुलरिया नगपालिकाको पशु सेवा शाखाको समन्वयमा उक्त मेसिन हस्तान्तरण गरिएको हो । 
यो किओस मेशिनद्धारा कृषकहरुले जिओ एप्समार्फत घरमै बसेर डिजिटल कृषि तथा पशु सम्बन्धि जानकारीहरु लिन सक्ने र ईन्टरनेट, स्र्माट फोनको पहुँच नभएका कृषकहरुले पशु सेवा शाखा र सहकारीमा आएर किओसबाट परार्मश र जानकारीहरु लिन सक्ने कुरा थारु महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक तेजमणी पन्थले बताउनु भयो । 


हालसम्म गुलरिया नगरपालिकाभित्रका १ हजार ५ सय कृषकहरु र बढैयाताल गाँउपालिकाका ९ सय ९५ कृषकहरु जिओ एप्समा जोडिएका छन । जिओ कृषिअन्र्तगत किओस मेशिन गुलरिया नगरपालिकाको पशु सेवा शाखा र बढैयाताल गाँउपालिकाको द्धीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थालाई हामीले हस्तान्तरण गरेका छौ ।

गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकाका किसानहरुले घरमै बसेर कृषि र पशु सम्बन्धि विज्ञहरुको परार्मश पाउन सक्ने र कृषकहरुको कुनै समस्या भएमा कृषकहरुले यो किओस मेशिनको प्रविधिमार्फत विज्ञहरुसंग  आफनो समस्या राख्नपाउने भएको हुदाँ यो मेशिन कृषकहरुको लागि धेरै उपयोगि भएको कुरा थारु महिला उत्थान केन्द्रको कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनु भयो ।
गुलरिया नगरपालिकाको उपप्रमुख साबित्रा गौतम र द्धीप लगन सामाजिक उद्यमी महिला सहकारी संस्थाको उपाध्यक्ष्य पवित्र अर्यालले आ–आफनो संस्थाको किओस मेशिन बुझनुका साथैै उक्त मेशिनबाट कृषकहरुले धेरै फाईदा लिन सक्ने विश्वास प्रकट गर्नु भएको थियो ।


 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…