Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाको सबै भन्दा ठुलो सडकको निमार्ण शुरु

डेक्स

डेक्स

डुडुवाको सबै भन्दा ठुलो सडकको निमार्ण शुरु
ADVERTISEMENT

डुडुवा (बाँके) १२ पुस । बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठुलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु भएको हो । 
सडक निमार्ण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीनसय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिसहरु प्रत्यक्ष लाभ लिनेछन भने खेतबारी गर्नेहरुका लागि पनि सहयोग पुग्नेछ । 
सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकहरुलाई आवत जावतका लागि निकै सास्ती हुदै आएको छ । विशेषगरि वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको छ । 
डुडुवा गाउँपालिका वार्ड नंं. २ अमृतपुर्वादेखि रामनगर पाझासम्म साढे तीन किलोमिटर पिसिसी सडकको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्नुभयो ।

शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रका बासीका लागि आवत जावतमा सजकताका लागि ठुलो समस्या रहेकाले यो सडक निमार्णपछि ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाकै अति दुर्गम र वाढी डुबानबाट पिडितबासीहरुको सहजकताका लागि सिधा सम्र्पक जोड्न सडक निमार्णको कार्य शुरु भएको भन्दै सडक निमार्णपछि त्यहाका मानिसहरुलाई सहजता प्रदान गर्ने बताउनुभयो । 
साढे तीन किलोमिटर पिसिसी सडकसंगै एक वटा कच्वे, १५ वटा कल्भर्ट निमार्णको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताउनुभयो । उहाँका अनुसार नारायाणम निमार्ण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाको लागतमा सो सडक निमार्ण गर्नेछ । 


डुडुवा गाउँपालिकाका प्राय सबै वडा बाढीप्रभावित क्षेत्र रहेकाले त्यहाका अधिकास सडक पिसिसी नै उत्तम मानिएकाले सबैजसो सडक पिसीसी नै निमार्ण गरिएको पालिकाका प्राविधिक शाखाका ओभरसिएर मदनेश्वर झाँले बताउनुभयो । उहाँका अनुसार पालिकामा निमार्ण भएका अधिकाँस सबै सडकहरु पिसीसी गरिएको छ, भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…