Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका दुई स्थानीय तहमा पाठ्यक्रम लागू

डेक्स

डेक्स

बाँकेका दुई स्थानीय तहमा पाठ्यक्रम लागू
ADVERTISEMENT

बाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रबाट लागू भएको हो । राप्तीसोनारीमा चालु शैक्षिकसत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी कोहलपुर नगरपालिकामा यस वर्षको साउनदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयन सुरु भएको शिक्षा शाखाले जनाएको छ । केही संस्थागत विद्यालयमा शैक्षिकसत्र सुरु भइसकेपछि मात्रै पाठ्यक्रम लागू भएकाले कार्यान्वयन नभए पनि सामुदायिक विद्यालयमा सबैमा कार्यान्वयनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा पनि स्थानीय पाठ्यक्रम निर्माण भई कार्यान्वयन सुरु हुन लागेको छ ।

पाठ्यक्रम छापिएर आइसकेको र यही शैक्षिकसत्रबाट पाठ्यक्रम सुरु गर्ने तयारी भइरहेको शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहले बताउनुभयो । जिल्लाका खजुरा र नरैनापुर गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार भएर छाप्न मात्रै बाँकी रहेको छ भने जानकी गाउँपालिकामा पाठ्यक्रम बनेर कार्यपालिकाबाट पारित हुन बाँकी रहेको छ । बैजनाथ गाउँपालिकामा पाठ्यक्रम निर्माण कार्यदल गठन गरिएको छ ।

डुडुवा गाउँपालिकामा पनि पाठ्यक्रम निर्माण भएको तर कार्यान्वयनमा नगएको शिक्षा शाखाका प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको गाउँसभा भर्खरै बसेको छ, बजेट पारित भएकाले अब सो पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान काम अघि बढ्छ ।” स्थानीय पाठ्यक्रममा विद्यालय, समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, वेषभूषा, पेशालगायतसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।

कक्षा ८ सम्म लागू हुनेगरी स्थानीय तहले पाठ्यक्रम स्थानीय बनाउन पाउँछन् । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५) ले प्राथमिक तहमा सय पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीयस्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृत वा अन्य विषय सय पूर्णाङ्कको स्थानीयस्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेशा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…