Pairabi logo

असोज २८, २०८३, बुधबार                    

जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

डेक्स

डेक्स

जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

सिकाई सीप क्षमता वृद्धि गर्न पढाई मेलामा विद्यार्थी लगायत

ADVERTISEMENT


नेपालगञ्ज, ७ पुष ।   बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ ।  निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।  
यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । 
उहाँले सो पाठ्यक्रम यही पुस २२ गते हुने गाउँपाललिकाको गाउँसभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताउनुभयो । 
‘स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उदेश्य राखिएको छ’उहाँले भन्नुभयो । 
पलिकामा रहेका स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञका रुपमा जीत बहादुर शाह सहितको समूहले करिव दुई महिना छलफल गरेर पाठ्यक्म निर्धारण भएको जानकी गाउँपालिकाकी शिक्षा शाखाकी प्रमुख कृष्णा भण्डारीले जानकारी दिनुभयो । 
पाठ्यक्रमको १ इकाईमा जानकीको पचिय, २ मा हाम्रो संस्कृति र सम्पदा, ३ मा हाम्रो पेशा ,व्यवसाय र प्रविधि, ४ मा खुशिका लागि शिक्षा र जीवनपयोगी सिप, ५ मा हामो पर्यावरण र हरित विद्यालय र ६ मा सामाजिक चुनौती र विपद व्यवस्थापनको विषय सुचि रहेको छ । 
उहाँका अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागु गरिने सो पाठ्यक्रमको नाम ‘हामी र हाम्रो जानकी’ रहेको छ । पाठ्रयक्रममा छ ईकाई रहेका छन । एक इकाईको पाठ्यक्रम तयार गर्नका लागि विद्यालयका प्रधानाध्यापकलाई संयोजक तोकिएको थियो । 
सिकाई सीप क्षमता वृद्धि गर्न पढाई मेला 
बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाई सीप क्षमता वृद्धि गर्न पढाई मेला गरिएको छ । 
गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाई सिप परीक्षण गरिएको थियो । 
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरिय शिक्षाको विकासका लागि पढाई मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालवालिकाको पढाई कस्तो छ भनेर जानकारी लिन खोजिएको बताउनुभयो । 
उहाँले गुणस्तरिय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइने उल्लेख गर्नुभयो । 
जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्णा भण्डारीले गुणस्तरिय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिदै विद्यार्थीको पठन सिप क्षमतालाई वृद्धि गर्न नियमित कार्यक्रमको रुपमा सञ्चालन भएको बताउनुभयो । 
शिक्षक मुगा लम्सालले अभिभावकको गाइडलाइनको अभावले पनि बालवालिकाले कमजोर प्रर्दशन गरेको उल्लेख गर्दै शिक्षामा उनीहरुलाई सक्षम बनाउन अभिावक नै चनाखो हुनुपर्ने बताउनुभयो । 
आधारभूत तह कक्षा १ देखि ३ सम्मको पढाई मेलामा गाउँपालिकाका ३० विद्यालयका कक्षा १ देखि ३ सम्मका करिव ३०० विद्यार्थी सहभागि भएको मेलामा विद्यार्थीको सिप  र क्षमताको अवस्थाबारे बुझ्न पुस्तकमा उल्लेख गरिएको विषयवस्तु अध्ययन गर्न लगाइएको थियो । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…