Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

डेक्स

डेक्स

जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

सिकाई सीप क्षमता वृद्धि गर्न पढाई मेलामा विद्यार्थी लगायत

ADVERTISEMENT


नेपालगञ्ज, ७ पुष ।   बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ ।  निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।  
यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । 
उहाँले सो पाठ्यक्रम यही पुस २२ गते हुने गाउँपाललिकाको गाउँसभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताउनुभयो । 
‘स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उदेश्य राखिएको छ’उहाँले भन्नुभयो । 
पलिकामा रहेका स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञका रुपमा जीत बहादुर शाह सहितको समूहले करिव दुई महिना छलफल गरेर पाठ्यक्म निर्धारण भएको जानकी गाउँपालिकाकी शिक्षा शाखाकी प्रमुख कृष्णा भण्डारीले जानकारी दिनुभयो । 
पाठ्यक्रमको १ इकाईमा जानकीको पचिय, २ मा हाम्रो संस्कृति र सम्पदा, ३ मा हाम्रो पेशा ,व्यवसाय र प्रविधि, ४ मा खुशिका लागि शिक्षा र जीवनपयोगी सिप, ५ मा हामो पर्यावरण र हरित विद्यालय र ६ मा सामाजिक चुनौती र विपद व्यवस्थापनको विषय सुचि रहेको छ । 
उहाँका अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागु गरिने सो पाठ्यक्रमको नाम ‘हामी र हाम्रो जानकी’ रहेको छ । पाठ्रयक्रममा छ ईकाई रहेका छन । एक इकाईको पाठ्यक्रम तयार गर्नका लागि विद्यालयका प्रधानाध्यापकलाई संयोजक तोकिएको थियो । 
सिकाई सीप क्षमता वृद्धि गर्न पढाई मेला 
बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाई सीप क्षमता वृद्धि गर्न पढाई मेला गरिएको छ । 
गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाई सिप परीक्षण गरिएको थियो । 
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरिय शिक्षाको विकासका लागि पढाई मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालवालिकाको पढाई कस्तो छ भनेर जानकारी लिन खोजिएको बताउनुभयो । 
उहाँले गुणस्तरिय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइने उल्लेख गर्नुभयो । 
जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्णा भण्डारीले गुणस्तरिय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिदै विद्यार्थीको पठन सिप क्षमतालाई वृद्धि गर्न नियमित कार्यक्रमको रुपमा सञ्चालन भएको बताउनुभयो । 
शिक्षक मुगा लम्सालले अभिभावकको गाइडलाइनको अभावले पनि बालवालिकाले कमजोर प्रर्दशन गरेको उल्लेख गर्दै शिक्षामा उनीहरुलाई सक्षम बनाउन अभिावक नै चनाखो हुनुपर्ने बताउनुभयो । 
आधारभूत तह कक्षा १ देखि ३ सम्मको पढाई मेलामा गाउँपालिकाका ३० विद्यालयका कक्षा १ देखि ३ सम्मका करिव ३०० विद्यार्थी सहभागि भएको मेलामा विद्यार्थीको सिप  र क्षमताको अवस्थाबारे बुझ्न पुस्तकमा उल्लेख गरिएको विषयवस्तु अध्ययन गर्न लगाइएको थियो । 

ताजा

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…