Pairabi logo

जेठ २४, २०८०, बुधबार                    

नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

डेक्स

डेक्स

नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए
ADVERTISEMENT

नेपालगन्ज  १ पुस ।दिउँसो अबेलामात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो ।
    
    मञ्चको अगाडी नेपालगन्ज रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो । किनभने अगाडी प्रस्तुत भइरहेको गीत कुनैबेला उहाँकै संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो । डोल्पा दुनै घर भएका लक्ष्मीकान्तले यो गीत दसकौं अघि सुन्नुभएको थियो । 
    
    त्यसमा केही जुम्लाका प्रभावहरु मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दसकदेखि नेपथ्यले गाउँदै आएको छ । अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उहाँ अघिल्लो दिनमात्रै डोल्पादेखि नेपालगन्ज आउनुभएको थियो । डोल्पा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगंज रंगशालामा लक्ष्मीकान्त उपस्थित हुनुहुन्यो । ‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पु¥याइरहेको छ,’ लक्ष्मीकान्तले भन्नुभयो, ‘आफैले संकलन गरेको गीत यसरी भब्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ ।’ 

    यसरी दुइवटा म्यूजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो । नेपथ्य ब्याण्डकै यो पहिलो सिर्जना यसअघि गतसाता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो । स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

    यसरी दस वर्षको अन्तरालपछि नेपथ्य नेपालगंजमा दोश्रोपटक प्रस्तुत भएको छ । अघिल्लोपटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सन् २०१२ मा यहाँ आएको थियो । त्यसबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाली पहिलोपटक नेपालगंजका दर्शकहरुमाझ खुला आकाशमुनी बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ ।  

    बिराटनगर, वीरगन्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौ प्रस्तुती थियो । अघिल्ला कन्सर्टहरु जस्तै यसमा पनि मैदान भरिएका दर्शकहरुको उत्साहपूर्ण उपस्थिती देखिन्थ्यो । बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोश्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । त्यतिबेला सँधैजस्तै नेपालगंजमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो । कार्यक्रम अघि बढ्दै जानेक्रममा टोलीले ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो ।

    त्यसपछि भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढनुभयो । ‘संगीतसँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उहाँले  भन्नुभयो, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगंजमा जम्मा भइ यो ठाउँ गुलजार बनाइदिने तपाइहरु सबैलाई धन्यवाद ।’

त्यसपछि उहाँले सुरुगरेः
‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’
त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । 

    ‘जोमसोम छेउमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरा?’ अमृतले नेपालगंजको सुन्दरताबारे उल्लेख गर्दै भन्नुभयो, ‘भाग्यले जन्म लिएको यस्तो देशमा सबैले घुमौ है ।’ संसारभरिका मानिस घुम्न आउने यो मुलुकमा हामीहरुले झनै स्वदेश घुम्नुपर्ने सल्लाह दिँदै उहाँले भन्नुभयो,– ‘खाएको कुरा हराएर जान्छ, देखेको सम्झना कहिल्यै मेटिदैन ।’

त्यसपछि अमृतले धौलागिरितिर तयार पारिएको गीत सुनाउनुभयो ः 
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

    अमृतले नेपालगंज आएको बेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरु भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झनुभयो र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाउनुभयो । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोल्नुभयो । 

    घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसैक्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

    ‘यहाँभन्दा माथि कर्णालीमा हाम्रै दाजुभाइ सिटामोल नपाएर मनुपर्ने अवस्था छ भने तल यी सहर बजारका सडकमा आश्रितहरुको बिजोग देख्नुपर्छ,’ गायक अमृत भनिरहेका थिए, ‘सडक आश्रित मुक्त मुलुक बनाउने मानवसेवा आश्रमको प्रयासमा सबैले सघाइदिऊ है।’

    गुरुङले मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को नेपालगंजस्थित शाखा कार्यालयमा पुग्नुभएको थियो । त्यतिबेला उहाँले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पार्नुभयो । 

    कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नेपालगंज रंगशालामा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाल्नुभयो, ‘समाजलाई फेर्छु भन्नेहरु आफै फेरिएको देख्दा हामी तीनछक परेका छौं । देश बनाउन अब हामी नै एकजुट बनौं है ।’

    धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

    दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराउनुभयो । 

    संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो श्रृंखलावद्ध कन्सर्टले नेपालगंजमा लगातार पाँचौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गर्नुभयो । ‘नेपालगंजमा सडकमा आश्रित आमा बुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं ।’

    हाल नेपालगन्ज सुर्खेतरोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगंजकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना लिएको छ । नेपालगंजको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बसमार्फत् शुक्रबार धनगढीतर्फ प्रस्थान गरेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
–––
 

ताजा

सबै

अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै …

रेग्मीको रहस्यमय मृत्यु

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु…

तराइका भूभागहरूमा अत्यधिक गर्मी र लू चल्ने

नेपालगन्ज । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल त…

प्लाष्टिक मुक्त अभियान संचालन गरिने

नेपालगन्ज २२ जेठ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौःं वातावरणमैत्री विकल्पको उपयोग गर…

लोकप्रिय

सबै

बाँकेका समस्याबारे प्रधानमन्त्री र सांसद तिवारीविच छलफल

बाँकेका सांसद लक्ष्मी तिवारीले लक्ष्मणपुर बाँधको समस्यालगायतका सवालका विषयमा प्रधानमन्…

प्लाष्टिक मुक्त अभियान संचालन गरिने

नेपालगन्ज २२ जेठ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौःं वातावरणमैत्री विकल्पको उपयोग गर…

सूचनाको हकसम्वन्धी अनुशिक्षण

नेपालगन्ज २१ जेठ । बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचन…

कपास विकास समिति खारेजीले किसान चिन्तित

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बाँकेको खजुरास्थित कपास विकास समिति खारेज गर्…

यो पनि

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

नेपालगञ्ज । गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा…

‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

नेपालगञ्ज, । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इलाइब्रेरीको रूपमा रूपा…

नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

नेपालगन्ज १ पुस ।दिउँसो अबेलामात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको…

सत्यमोहनले इच्छाएको चक्रसंवर

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ छिटो पूरा गरेर देखाउने । मौलि…