Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

डेक्स

डेक्स

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै
ADVERTISEMENT

नेपालगञ्ज, २० मङ्सिर । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । 
राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । 
प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुर्य ढकालले अबको पाँच बर्षभित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुवरभवानी, नेपालगञ्जको बागेश्वरी मन्दीर र नरैनापुरको सन्तानेश्वर र बाबाबर्फानी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने जानकारी दिनुभयो । 
‘धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ तर त्यसका लागि नीति र योजना चाहिन्छ’ उहाँले भन्नुभयो । समानुपातिकतर्फका प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सबैले मान्ने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एबम पर्यटकीय क्षेत्र बन्दै गएको उल्लेख गर्दै यस क्षेत्रको बिकासका लागि पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि वढाइने बताउनुभयो ।  
तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जानको लागि नरैनापुर ६ कोहलाबाट उत्तरपूर्व जंगल हुँदै अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चढेर मात्र त्यस ठाँउमा पुग्न सकिन्छ ।   जसले तराईको रमणीय दृश्वाबलोकन समेत गराएको छ । 
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभई अन्य विभिन्न जिल्लाबाट समेत दर्शन गर्न आउने स्थानीय सोहनलाल यादब बताउनुहुन्छ । करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधिसभा सदस्य ढकाल सहित ५० भन्दा बढीको टोलि दर्शनका लागि त्यहाँ पुगेको थियो ।  
सन्तानेश्वर मदिरको दर्शनपछि ढकालले त्यहाँका पुजारी योगानन्द गिरीसङ्ग कुरा गर्दै आफुले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि उल्लेख्य काम गर्ने र पर्यटकीय सम्भावना बोकेको मन्दिरमा जाने बाटो सहज बनाउन पहल थाल्ने बताउनुभयो । उहाँले त्यस क्षेत्रको विकासका लागि होमस्टेको अवधारणा ल्याउन योजना बनाउने जानकारी दिनुभयो । 
नेपालगञ्जबाट करिव ३७ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा सो मन्दिर रहेको छ । खास गरी सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेकाहरु त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताउनुभयो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…