Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

डेक्स

डेक्स

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै
ADVERTISEMENT

नेपालगञ्ज, २० मङ्सिर । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । 
राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । 
प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुर्य ढकालले अबको पाँच बर्षभित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुवरभवानी, नेपालगञ्जको बागेश्वरी मन्दीर र नरैनापुरको सन्तानेश्वर र बाबाबर्फानी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने जानकारी दिनुभयो । 
‘धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ तर त्यसका लागि नीति र योजना चाहिन्छ’ उहाँले भन्नुभयो । समानुपातिकतर्फका प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सबैले मान्ने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एबम पर्यटकीय क्षेत्र बन्दै गएको उल्लेख गर्दै यस क्षेत्रको बिकासका लागि पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि वढाइने बताउनुभयो ।  
तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जानको लागि नरैनापुर ६ कोहलाबाट उत्तरपूर्व जंगल हुँदै अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चढेर मात्र त्यस ठाँउमा पुग्न सकिन्छ ।   जसले तराईको रमणीय दृश्वाबलोकन समेत गराएको छ । 
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभई अन्य विभिन्न जिल्लाबाट समेत दर्शन गर्न आउने स्थानीय सोहनलाल यादब बताउनुहुन्छ । करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधिसभा सदस्य ढकाल सहित ५० भन्दा बढीको टोलि दर्शनका लागि त्यहाँ पुगेको थियो ।  
सन्तानेश्वर मदिरको दर्शनपछि ढकालले त्यहाँका पुजारी योगानन्द गिरीसङ्ग कुरा गर्दै आफुले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि उल्लेख्य काम गर्ने र पर्यटकीय सम्भावना बोकेको मन्दिरमा जाने बाटो सहज बनाउन पहल थाल्ने बताउनुभयो । उहाँले त्यस क्षेत्रको विकासका लागि होमस्टेको अवधारणा ल्याउन योजना बनाउने जानकारी दिनुभयो । 
नेपालगञ्जबाट करिव ३७ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा सो मन्दिर रहेको छ । खास गरी सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेकाहरु त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…

अपांगता भएकालाई सामाग्री वितरण

अपांगता भएकालाई सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त…