Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

छठ पूजाको तयारीसँगै माटाको भाँडा बिक्री

सम्वाददाता

सम्वाददाता

छठ पूजाको तयारीसँगै माटाको भाँडा बिक्री
ADVERTISEMENT

 नेपालगन्ज १२ कात्तिक । छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । छठ पर्वमा माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् । 

    यस्ता पर्वमा भाँडा भने माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेशा फस्टाएको व्यापारी बताउछन् । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर्काभुर्की, जातो, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको अवधि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमालले बताउनुभयो । 

    उहाँका अनुसार अहिले तिहार र छठ पर्वमा पूजापाठ गर्नका लागि माटाको भाँडाको विक्री वितरण बढछ भने छठ पर्व पछि आउने कात्तिक पूर्णमासी मेलाका लागि बालबालिकालाई खेल्न विभिन्न माटाका खेलैनासमेत तयार गरिन्छ । अहिले चाडपर्वका बेला माटाका भाँडाको राम्रो व्यापार हुने गर्दछ ।

नेपालगञ्जका आशाराम कुमालले माटोका भाँडा बिक्री गर्दै भन्नुभयो, “पहिले हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य स्टिलका भाँडाको प्रयोग बढेपछि हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ ।” चाडपर्वमा कलश, गमला, दियोलगायतका माटाको भाँडा बढी बिक्रीवितरण हुने गरेकोमा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको आशाराम कुमालले बताउनुभयो । उहाँका अनुसार वर्षभरि रित्तो हात बस्ने र यो सिजनको समयमा मात्रै थोरबहुत आम्दानी हुने गर्दछ । 
 
ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …