Pairabi logo

असार २९, २०८३, सोमबार                    

सत्यमोहनले इच्छाएको चक्रसंवर

सम्वाददाता

सम्वाददाता

सत्यमोहनले इच्छाएको चक्रसंवर
ADVERTISEMENT

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने सबै काम पूरा भएपछि अहिले सुनको जलप भर्ने र अन्तिम स्वरूपमा ढाल्ने काम भइरहेको छ ।

बौद्ध दर्शन र तन्त्रसँग सम्बन्धित चित्रले विशेषत: शून्यताको बोध गराउँदै समग्र ब्रह्माण्डलाई शून्यवादमा ढालेर प्रतीकात्मक अर्थ दिन्छ, पञ्च बुद्धसहित चक्रसंवर र बीचमा बज्रबाराहीको संयोजन चित्रमा देख्न सकिन्छ

सुशीला तामा‌ङ

काठमाडौँ — स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा चिकित्सकहरूको विशेष निगरानीमा उपचाररत छन् । यता जोशीले इच्छाएको रूपमा बनाइँदै गरेको चक्रसंवर पौभाचित्र अभिलेखन कार्य तीव्र रूपमा चलिरहेको छ । कलाकार लोक चित्रकारका अनुसार काम अन्तिम चरणमा पुगेको छ ।

चित्रकारकै नेतृत्वमा लक्ष्मी शाक्य, रीना शाक्य, राजन घटुवा, मनीष कायस्थ र रविन महर्जनले ललितपुरको बखुंबहालस्थित जोशीको घरको आडैमा स्थापना गरिएको लोक साहित्य परिषद्मा ६ महिनादेखि चित्र अभिलेखन कार्य गर्दै छन् ।

पौभा चित्रको मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने सबै काम पूरा भएर अहिले कलाकृतिहरूमा सुनको जलप भर्ने र अन्तिम स्वरूपमा ढाल्ने काम भइरहेको छ । अबको डेढ महिनाभित्र चित्र तयार पार्ने उनको लक्ष्य छ ।

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ । चित्र छिटो पूरा गरेर जोशीलाई देखाउन उनले जिम्मेवारीका रूपमा लिएका छन् । जोशी अस्पताल भर्ना हुनुअघि बेला–बेलामा परिषद्मा आई चित्र अवलोकन गरेर केही प्रतिक्रिया दिन्थे । अहिले चित्रकारलगायतको टोलीले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चित्रलाई पूर्ण बनाउने कामलाई निरन्तरता दिइरहेका छन् । ‘गएको मंगलबार आईसीयूमा नै गएर नै मैले उहाँ (सत्यमोहन) लाई भेटी चित्र पूरा हुन लागेको बताएँ,’ चित्रकारले भने, ‘उहाँले मेरो आवाज सुनेर बुझेको प्रतिक्रियालाई आँखा खोलेर दिनुभयो ।’

चित्रकारका अनुसार चक्रसंवरको पौभाचित्र प्राचीनकालीन मौलिक भित्तेचित्र हो । जसमा धर्म र जीवन दर्शनसँग जोडिएको आनन्दको चक्र समाहित हुन्छ । बज्रयानी बौद्धतन्त्रमा आधारित यस चित्रलाई बौद्ध मार्गीहरूले तन्त्र विद्या अभ्यासमा तन्त्र साधनाका क्रममा प्रयोग गर्छन् । बज्रबाराही र संवरको संयोजनबाट एउटा चक्र पूरा हुन्छ । यही नै चक्रसंवर हो । यो भित्ते चित्र कुन समयमा बन्यो भन्ने मिति निश्चित नभए पनि पाँचौं शताब्दी नै यसमा भएको बज्रयान तन्त्र प्रचारमा आएको उनको भनाइ छ ।शास्त्रीय मान्यताअनुसार चित्र निर्माणमा प्राकृतिक रङहरूको प्रयोग गरिएका छन् ।

बौद्ध दर्शन र तन्त्रसँग सम्बन्धित चित्रले विशेषत: शून्यताको बोध गराउँदै समग्र ब्रह्माण्डलाई शून्यवादमा ढालेर प्रतीकात्मक अर्थ दिन्छ । पञ्च बुद्धसहित चक्रसंवर र बीचमा बज्रबाराहीको संयोजन चित्रमा देख्न सकिन्छ । महिला र पुरुषको संयोजन भएकै कारण आम मानिसले यसलाई यौन आलिङ्गनका रूपमा नकारात्मक धारणा बनाउने भयले बाहिर आउन नसकेको चित्रकारले बताए । उनले भने, ‘महिला र पुरुषको संयोजन भनेको प्रतीकात्मक रूपमा ज्ञान र करुणाको संयोजन हो । यसलाई समान्य मानिसले शब्दले सजिलै बुझ्न सक्दैनन् । एरोटिक फर्ममा भएकाले मान्छेले नराम्रो बुझिदेला र समाजमा नकारात्मक प्रभाव पर्छ भनेर गुह्य रूपमै राखियो ।’ यद्यपि विभिन्न पुस्तक तथा यस विषयमा चित्रहरू बनेको चित्रकारको दाबी छ । उनैले पनि चक्रसंवरकै विषयमा यसअघि चित्रहरू कोरेका छन् ।

सन् १९९९ मा चित्रकारको एकल प्रदर्शनीकै क्रममा पनि जोशी अतिथिका रूपमा आमन्त्रित थिए । प्रदर्शनीमा जोशीले चित्रकारका कलाकृतिहरू अवलोकन उनले स्मरण गरे । एक्कासि अघिल्लो वर्ष जोशीले ‘आफ्नो अन्तिम इच्छा’ भन्दै चित्र बनाउन फोन संवादमा प्रस्ताव राखेपछि उनले ‘बनाउँछु’ नै भनेर ठ्याक्कै जवाफ दिन सकेनन् । दोस्रो पटक भेटेरै जोशीले पुन: सोही कुरा राखेपछि चित्र बनाउन लाग्ने समय, खर्च र साधनाबारे प्रस्ट्याउँदै प्रस्ताव स्वीकार गरे । ‘कला लहड होइन, कलामा धर्म दर्शन र जीवन पद्धति पनि हो । जुन कुरा नेपाली समाजमा छ । यसलाई साक्षात रूपमा उतार्न त्यत्तिकै सम्भव छैन । त्यसैले मैले उहाँसँग खर्च र समय दुवैको कुरा राखे र हुन्छ भनें,’ उनले भने । जोशीले सुरुमा भित्ते चित्र बनाउने सोच बनाए पनि पछिसम्म दिगो राख्न काठमै बनाउने चित्रकारले सुझाव दिए ।

चक्रसंवर अन्तर्बोधको ज्योति हो । यो जीवन दर्शनको ज्ञान दिन एउटा प्रक्रिया हो । यसमा गहिरो अभ्यास र विभिन्न शास्त्र, संस्कारहरू छन् । जसलाई मौखिक रूपमा व्याख्या नगरी क्रिया तन्त्र (व्रत बस्ने, पूजा गर्ने, स्तुति), चर्यातन्त्र (नाच, गीत संगीत), योग तन्त्र (ध्यान, अध्यात्म) अनुत्तर योग तन्त्र (सबै तन्त्र समावेश) गरी बाहिरी र भित्री रूपले बुझ्न सकिन्छ । यी सबै पक्षलाई बुझेका जोशीले मानव कल्याण, आनन्द र खुसीका लागि चित्र बनाउने इच्छा राखेको होला भन्ने उनको अनुमान छ । उनले थपे, ‘तन्त्र भनेको तनलाई सुरक्षा र प्राण दिनु हो । हाम्रो समग्र अभ्यास नै तन्त्र हो ।’ सबैले बुझ्न नसकिने भएकाले नै यो चित्र सार्वजनिक रूपमा जसलाई पायो त्यसलाई नदेखाइएको उनले बताए । तथापि राम्रो कुराहरू बाहिर आउनुपर्छ भने त्यसमा आलोचना पनि खेप्नुपर्छ भन्ने उनको मत छ ।

चक्रसंवरको दायाँबायाँ १२–१२ वटा देवदेवीहरू छन् । ती सबै योगिनी, दिक्पालका रूपमा रहेका चक्रसंवरकै परिवार हुन् । संवर र बज्रबाराहीले कालरात्रि (काली) र भैरव (आली) लाई कुल्चिएको चित्रमा देख्न सकिन्छ । यसलाई स्वरवर्ण र व्यञ्जनवर्णको ज्ञानभन्दा माथिको अर्को आध्यात्मिक ज्ञान हुन्छ भन्ने प्रतीकात्मक अर्थ दिन खोजिएको चित्रकारको भनाइ छ । त्यस्तै पञ्च बुद्धमा प्रयोग गरिएका पहेँलो, नीलो, हरियो, रातो जस्ता रङहरूले रिस, द्वेष, मोह र नकारात्मक भावनाहरू विम्बात्मक रूपमा प्रस्तुत गर्ने उनले प्रस्ट्याए । रातोले मोहको संकेत गरे पनि त्यसमा आकर्षणभन्दा अनभिज्ञतालाई संकेत गरेको हुन्छ ।

पहेँलो रङको जिब्रो जस्तो आकृतिले अज्ञानताको विनाश गर्दै मानिसलाई ज्ञानको सागरतिर पुर्‍याउन मद्दत गर्दछ । त्यस्तै चित्रमा विभिन्न रङका टाउकाहरूको माला अंकित छन् । झट्ट हेर्दा हत्या हिंसाको जस्तो देखिए पनि यो ज्ञानको लहर हो । उनका अनुसार माला ‘अ’ देखि ‘ज्ञ’ सम्मको ५० वटा अक्षरसहित ज्ञानको प्रतीक हो । ‘यो चित्रको प्रक्रिया नै मानिसको कल्याणका लागि हो । मानिसलाई दु:खबाट मुक्त होस्, अरूलाई उद्धार गर्न सक्ने क्षमता विकास होस् भन्ने चित्रले बुझाउँछ,’ उनले भने । बीभत्स र सौन्दर्य रस समेटिएको चित्रले मानिसलाई क्षणिक रूपमा समाप्त हुने होइन साँच्चैको सुख प्रदान गर्छ । उनले जोडे, ‘यो पेन्टिङको आइडिया नै प्रतीकवाद हो । यहाँ जे छ त्यो हुँदैन, जे देखिन्छ त्यो होइन, जे छैन त्यो बुझ्नका लागि हो । जहाँ निरञ्जन, निराकार र पूरै शून्यवाद छ । यो जीवन अध्याय अध्ययनका लागि हो ।’

हतारोकै कारणले चित्रमा अटाइने केही मसान जस्ता तत्त्वहरूलाई उनले राखेका छैनन् । जुन पक्ष नभएर पनि चित्रमा फरक नपर्ने उनको ठहर छ । यसलाई साक्षात देवताकै रूपमा जीवन्यास र पूजा गर्ने उनको सपना छ । बौद्धमार्गीहरू यसको सुरुवात गर्दा अभिषेक गर्ने भएकाले चक्रसंवरको चित्रको आरम्भ गर्दा पनि हस्तपूजा कार्यक्रम गरिएको थियो ।

जोशीले डेढ लाख रुपैयाँ नगद चित्रकारलाई हस्तान्तरण गरेपछि थालनी गरिएको चित्रका लागि डकुमेन्सन, पुस्तक प्रकाशनसहित गरी ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसमा जोशीले मात्र साढे तीन लाख रुपैयाँ प्रदान गरिसकेका छन् । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि पारितको प्रक्रियामै छ । मध्यपुर थिमि नगरपालिकालगायत संघसंस्थाहरूले समेत आर्थिक सहायता गर्न अगाडि बढेको चित्रकारले बताए ।

साढे पाँच फिट उचाइ र २२ फिट लम्बाइको चित्र तयार भएपछि परिषद्स्थित भवनको तेस्रो तलामा सर्वसाधारणका लागि संग्रहालयका रूपमा खुल्ला गरिने जोशीको इच्छा छ । जहाँ उनले संकलित पुस्तक, मुद्रा तथा टिकटहरू संग्रह गरी राखेका छन् । चित्रको डकुमेन्टेसनका लागि फोटो सर्कल र सम्पूर्ण व्यवस्थापन ‘सतोरी सेन्टर फर आर्ट्स’ संस्थाले गरिरहेको छ । प्रणवमान सिंहले भने पुस्तक लेखनको काम सुरुवात गरिसकेको चित्रकारले सुनाए । स्रोत: इ कान्तिपुर /

ताजा

सबै

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज के…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

लोकप्रिय

सबै

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …