Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने

डेक्स

डेक्स

बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने
ADVERTISEMENT

    नेपालगन्ज ३१ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँके जिल्लाका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजको पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

    छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय चन्नहवा, जनज्योती आधारभुत विद्यालय झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन, भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवेटवा छनौट भएको मन्त्री गहतराजले बताउनुभयो । 

    त्यसैगरी दुई कोठे पक्की भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आधारभुत विद्यालय भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय शंकरनगरकोटीया छनौटमा परेका छन । छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय रु ४५ लाख र दुई कोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन । 

कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आधारभुत विद्यालय बैजनाथ, गणेश आधारभुत विद्यालय ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आधारभुत विद्यालय नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका छन । छनौट भएका विद्यालयहरुमा सूचना तथा प्राविधि प्रयोगशाला निर्माणका लागि प्रति विद्यालय रु ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
    यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।  
 
ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

यो पनि

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…