Pairabi logo

असोज १८, २०८३, आइतबार                    

बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने

डेक्स

डेक्स

बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने
ADVERTISEMENT

    नेपालगन्ज ३१ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँके जिल्लाका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजको पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

    छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय चन्नहवा, जनज्योती आधारभुत विद्यालय झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन, भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवेटवा छनौट भएको मन्त्री गहतराजले बताउनुभयो । 

    त्यसैगरी दुई कोठे पक्की भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आधारभुत विद्यालय भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय शंकरनगरकोटीया छनौटमा परेका छन । छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय रु ४५ लाख र दुई कोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन । 

कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आधारभुत विद्यालय बैजनाथ, गणेश आधारभुत विद्यालय ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आधारभुत विद्यालय नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका छन । छनौट भएका विद्यालयहरुमा सूचना तथा प्राविधि प्रयोगशाला निर्माणका लागि प्रति विद्यालय रु ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
    यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।  
 
ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…