Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बालअधिकार समितिलाई मानव बेचबिखनविरुद्ध तालिम

डेक्स

डेक्स

बालअधिकार समितिलाई मानव बेचबिखनविरुद्ध तालिम
ADVERTISEMENT

नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो ।

तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बाल अधिकार समिति र मानव बेचबिखनविरुद्ध समन्वय समितिका गरी १४ जना सहभागीहरुको सहभागिता रहेको थियो । तालीमको सहजीकरण आशीष वर्माले गर्नुभएको थियो ।

बेचबिखनको बढदो क्रमलाई मद्देनजर गरी युनेस्को क्लबले सन २०१९ देखि प्लान नेपालको साझेदारीमा उक्त परियोजना संचालन गर्दै आएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताउनु भयो । तालीममा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित निति नियमको बारेमा व्यापक छलफल गरिएको थियो भने कार्यक्रमको अन्तमा मानव बेचबिखन रोकथामकालागि कार्य योजना समेत तयार गरिएको थियो ।

कार्यक्रमको समापनमा बालअधिकार समितिका सदस्य तथा प्रहरी सहायक निरीक्षक दिलसरा रानाले मानव बेचबिखन अन्त्यकालागि सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो । खजुरा गाउँपालिकाको बालअधिकार समितिका सदस्य सचिव तथा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव बेचबिखन एउटा असमाजिक जघन्य अपराध भएको जनाउँदै बालबालिकाको संरक्षण हुनु उनीहरुको मौलिक अधिकार हो भन्नुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…