Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

७५ वर्षपछि महेन्द्र पुस्तकालय परिवर्तनतर्फ उन्मुख

डेक्स

डेक्स

७५ वर्षपछि महेन्द्र पुस्तकालय परिवर्तनतर्फ उन्मुख
ADVERTISEMENT

    नेपालगन्ज २१ भदौ ।  स्थापनाको ७५आंै बर्ष पूरा गरेको नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनतर्फ उन्मुख भएको छ । आगामी भदौं २८ गते १७औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी पुस्तकालयले काँचुली फेर्ने तयारी गरेको हो । 
    त्यसका लागि आजीवन सदस्यता आवहान गरेको पुस्तकालयका लागि १६७ जना नयाँ आजीवन सदस्य थपिएका छन् । ‘यो पुस्तकालयका लागि ऐतिहासिक उपलब्धी हो’, पुस्तकालयमा आजीवन सदस्यको सूचि तयार गर्नुभएका पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले भन्नुभयो–‘यति धेरै सदस्यहरु थपिएलान् भन्ने हामीलाई लागेको थिएन ।’ उहालाई सघाउनु भएका तदर्थ समितिका सदस्य कृष्णमुरारी प्रसाद भट्टले समाजका विभिन्न वर्ग, समुदायबाट आजीवन सदस्य थपिएकाले उनीहरुबाट पुस्तकालयको स्तरोन्नतीका लागि ठूलो सहयोगको अपेक्षा गरिएको बताउनुभया । 
    यसअघि ४५ जना आजीवन सदस्य रहेको महेन्द्र पुस्तकालयले ७६औं बर्ष प्रवेशको भव्य कार्यक्रम आयोजना गरेको थियो । तदर्थ समितिले अधिवेशन गरी नेतृत्वलाई पुस्तकालय हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसका लागि तदर्थ समितिले नयाँ आजीवन सदस्यताको ढोका खोलेको थियो ।
    २०५४ सालदेखि निश्क्रिय रहेको पुस्तकालयलाई नयाँ जीवन दिन तदर्थ समिति अधिवेशनको तयारीमा जुटेको हो । २०७८ चैत्र २९ गते यादवको अध्यक्षतामा तदर्थ समिति बनेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…