Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगन्ज कोहलपुर चारलेन सडकको शिलान्यास

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज कोहलपुर चारलेन सडकको शिलान्यास
ADVERTISEMENT


नेपालगन्ज(कोहलपुर चारलेन सडक खण्डमा शनिबार शिलान्यास गरिएको छ ।

उक्त खण्डको जमुनाहादेखी राँझासम्म रहेको १०।८ किमी क्षेत्रलाई स्तरोन्नती गर्न, आकाशे पुल निर्माण गर्न तथा सडक बत्ती जडान गर्न सडक डिभिजन कार्यालय नेपालगन्जले केही दिन अघि मात्र ठेक्का खोलेको थियो ।

नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शनिबार बिहान शिलान्यास र्नुभएको हो ।

 

डिभिजन प्रमुख एमसीका अनुसार कुल ३३ करोड रूपैयाँको लागतमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न लागिएको छ ।

यसअघि पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘डिबिएसटी’ प्रविधिको कालोपत्र छोटो समयमै उप्किएपछि सडक डिभिजन कार्यालयले मर्मत कार्य गर्दै आएको थियो ।

कार्यालयले गतवर्षको बजेटबाट राँझादेखि कोहलपुरसम्मको खण्डमा भने डिबिएसटी प्रविधिकै सडक स्तरोन्ति गरिसकेको कार्यालयले जनाएको छ । यसपटक राँझा(जमुनाहा खण्डमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न लागिएको प्रमुख एमसीले जानकारी दिनुभयो । 

यस्तै नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ ।

करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको हो । कार्यालयका अनुसार नेपालगन्ज र कोहलपुरमा गरी विभिन्न ५ स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

यसैगरी उक्त खण्डको जमुनाहादेखी मनिकापुरसम्म रहेको १३ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ । कुल ७ करोड रूपैयाँको लागतमा ठेक्का समेत खोलिसकेको छ । 

उक्त खण्डमा यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सोलार बत्ती जडान गरे पनि अधिकांश बत्ती बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद समेत रहेका मन्त्री राईकै पहलमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नती, आकाशे पुल र सडक बत्ती जडानको कामले पूर्णता पाउन लागेको हो । 

शिलान्यास कार्यक्रममा मन्त्री राईसहित नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, जसपा नेतृ अम्बिका काफ्ले, सडक डिभिजन कार्यालय बाँकेका प्रमुख होमबहादुर एमसी, अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…