Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नेपालगन्ज कोहलपुर चारलेन सडकको शिलान्यास

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज कोहलपुर चारलेन सडकको शिलान्यास
ADVERTISEMENT

नेपालगन्ज(कोहलपुर चारलेन सडक खण्डमा शनिबार शिलान्यास गरिएको छ ।

उक्त खण्डको जमुनाहादेखी राँझासम्म रहेको १०।८ किमी क्षेत्रलाई स्तरोन्नती गर्न, आकाशे पुल निर्माण गर्न तथा सडक बत्ती जडान गर्न सडक डिभिजन कार्यालय नेपालगन्जले केही दिन अघि मात्र ठेक्का खोलेको थियो ।

नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शनिबार बिहान शिलान्यास र्नुभएको हो ।

डिभिजन प्रमुख एमसीका अनुसार कुल ३३ करोड रूपैयाँको लागतमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न लागिएको छ ।

यसअघि पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘डिबिएसटी’ प्रविधिको कालोपत्र छोटो समयमै उप्किएपछि सडक डिभिजन कार्यालयले मर्मत कार्य गर्दै आएको थियो ।

कार्यालयले गतवर्षको बजेटबाट राँझादेखि कोहलपुरसम्मको खण्डमा भने डिबिएसटी प्रविधिकै सडक स्तरोन्ति गरिसकेको कार्यालयले जनाएको छ । यसपटक राँझा(जमुनाहा खण्डमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न लागिएको प्रमुख एमसीले जानकारी दिनुभयो । 

यस्तै नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ ।

करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको हो । कार्यालयका अनुसार नेपालगन्ज र कोहलपुरमा गरी विभिन्न ५ स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

यसैगरी उक्त खण्डको जमुनाहादेखी मनिकापुरसम्म रहेको १३ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ । कुल ७ करोड रूपैयाँको लागतमा ठेक्का समेत खोलिसकेको छ । 

उक्त खण्डमा यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सोलार बत्ती जडान गरे पनि अधिकांश बत्ती बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद समेत रहेका मन्त्री राईकै पहलमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नती, आकाशे पुल र सडक बत्ती जडानको कामले पूर्णता पाउन लागेको हो । 

शिलान्यास कार्यक्रममा मन्त्री राईसहित नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, जसपा नेतृ अम्बिका काफ्ले, सडक डिभिजन कार्यालय बाँकेका प्रमुख होमबहादुर एमसी, अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …