Pairabi logo

पुस १२, २०८२, शनिबार                    

चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग

डेक्स

डेक्स

चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग
ADVERTISEMENT

नेपालगन्ज ३१ जेठ । 
देशकै सबै भन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने व्यवस्था, स्वच्छ र सफा पानी पिउन नपाएर समस्या भएको छ । 


नेपालको संविधान २०७२ को धारा ३५ अन्र्तगत स्वास्थ्य सम्वन्धीको हकको उपदफा (४) मा समेत स्वच्छ खानेपानी प्रत्येक नागरिकलाई व्यवस्था गर्र्ने व्यवस्था रहेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेमा आउने सेवाग्राहीका लागि स्वच्छ, शुद्ध, सितल पानी पिउनका लागि समस्या भएको छ । प्रशासनले आफै खानेपानीको व्यवस्थापन नगरे पनि केही महिना अघि डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको शुद्ध खानेपानी मेसिन लामो समयदेखि विग्रिएर सेवाग्राहीले पानी समेत पिउन नसकेपछि सो को तत्काल संचालन गर्न नागरिकस्तरबाट प्रशासनको ध्यानाकषर्ण गराइएको छ । 


सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा नागरिक समाजका अभियन्तासहितको टोलीले आज मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीलाई ध्यानाकर्षण गराएको छ । 


ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी केसीले विग्रिएको खानपानीको फ्रिजर फिल्टर मेसिन तत्काल मर्मत गरिने प्रतिबद्धता गर्दै जिल्लाका अन्य सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीका लागि खानेपानीको व्यवस्था बारे अनुगमन गरि नभएको कार्यालयमा व्यवस्था गराउने बताउनुभयो ।

प्रशासनको ध्यानाकर्षणमा ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट, नेपालगन्ज २० का वडाध्यक्ष कौशल कुमार धोबी लगायत एक दर्जज नागरिक अभियन्ताहरुले हस्ताक्षर गरेका थिए । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…