Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

अदालतको फैसला कार्यान्वयनमा जोड, सरोकारवाला निकायद्धारा प्रतिबद्धता

सम्वाददाता

सम्वाददाता

अदालतको फैसला कार्यान्वयनमा जोड, सरोकारवाला निकायद्धारा प्रतिबद्धता
ADVERTISEMENT

नेपालगन्ज १५ जेठ । नेपालगन्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो । 


पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आइतबार आयोजना गरेको अदालतको फैसला कार्यान्वयन विषयक छलफल कार्यक्रमका सहभागिहरुले सार्वजनिक सवालहरु उठने गरेको र कार्यन्वयनका लागि अदालतले आदेश पनि दिने तर सरोकारवाला निकायले कानूनको समेत अटेरी गरि कानमा तेल हालेर बसिरहेको भन्दै त्यस्ता निकायहरुलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । 


कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्जसंग सम्वन्धित सवालका बारेमा अदालतले गरेको फैसलालाई अध्ययन गरि कार्यन्वयनका लागि एउटा समिति निमार्ण गरि कार्यान्वयन प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले अदालतले गरेको फैसला कार्यान्वयन भएमा सभ्य र सुन्दर शहर निमार्ण हुने विश्वास व्यक्त गर्दै नगरभित्रका मुद्दालाई सम्बोधन गर्न रणनितिक योजना निमार्ण गरि अघि बढने बताउनुभयो । 

छलफलमा उच्च अदालत नेपालगन्ज इजलासका वरिष्टतम न्यायधिस डा रत्न बहादुर बागचन्दले सार्वजनिक सरोकारका सवालमा अदालतले गरेको फैसला कार्यान्वयन बारे राष्ट्रिय अन्र्तराष्ट्रिय कानूनका बारेमा जानकारी गराउदै अदालतको आदेश कार्यान्वयन गरेमा संविधान, कानूनको सम्मानसंगै स्थानीय सरकार पनि सफल हुने बताउनुभयो । उहाँले यसमा कसैको पनि जित हार नहुने भएकाले सरोकारवाला निकायले यसलाई सहज रुपमा लिनुपर्नेमा जोड दिदै नेपालमा सर्वाजनिक सवालमा अदालतले गर्ने फैसला तथा आदेशको कार्यान्वयनको अवस्था न्युन हुनुमा दुखद भएको बताउनुभयो । 


नेपालगन्जका उपमेयर कमरुद्दिन राईले नेपालगन्ज नगरमा थुप्रै समस्याहरु रहेकाले अहिले निर्वाचित जनप्रतिनिधीले अवश्य ती सवालको पहिचान गरि कार्यन्वयनमा ल्याउने प्रतिबद्धता गर्नुभयो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जिल्लामा उठने सवालहरुको बारेमा प्रशासन कार्यालय गम्भीर रुपमा लिने र सम्वन्धित निकायलाई कार्यान्वयनका लागि पहल गर्ने बताउनु भयो । 


छलफलमा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले जिल्लामा सार्वजनिक सवालका मुद्दा, अदालतले गरेको फैसला, कार्यन्वयनको अवस्था चुनौती र पहलका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 


    छलफलमा उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका सहन्याधिबक्ता कृष्णराज पन्त, नेपाल बारका पुर्ब केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार एशोसिएसन नपालगन्जका अध्यक्ष शिव श्रेष्ठ, बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाही, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखप्रशासकिय अधिकृत जगत बस्नेत, अधिबक्ता प्रहलाद बहादुर कार्की, अधिबक्ता चित्रबहादुर शाही, अधिकारकर्मी भोला महत, निशु जोशी लगायतले बोल्नु भएको थियो । 


संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भटले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो भने कार्यकारी निर्देशक राकेश कुमार मिश्रले कार्यक्रम संचालन गर्नुभएको थियो । 


    आयोजक संस्थाले बाँके र बर्दिया जिल्लाका सार्वजनिक सवालहरुको पहिचान गरि कार्यन्वयन गर्न उच्च अदालतमा रिट दायर गर्ने, नागरिक स्तरबाट खबरदारी गर्ने, सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यमा सक्रिय रुपमा काम गर्दै आएको छ । 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…