Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

डेक्स

डेक्स

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार
ADVERTISEMENT

सल्यान / बैशाख २६ / 

 रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।

डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।

यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यरीलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिज्युलाका ठेकेदार अर्जुन विकको जिम्मा दिएर घर फर्किएको परिवारलाई बताएका छन्।

उता राडिज्युलाका ठेकेदार विकले भने यरी दुनैको काम सकाएर घर जाने भनेर हिँडिसकेको बताएका छन्। तर विगत ३ वर्षदेखि बुवा घर पनि नआएको र सम्पर्कमा पनि नभएको छोरी रेखाले बताइन्। उनले भनिन्, ‘बुवाको अवस्थाबारे हामीलाई थाहा छैन, ठेकेदारले घर फर्किसक्नु भएको हो भन्छ, तर बुवा घर आउनुभएको छैन। कुर्दाकुर्दै ३ वर्ष बितिसक्यो।’

सम्पर्कविहीन बुवाको खोजतलासका लागि दुई पटक जिल्ला प्रहरी कार्यालय सल्यानमा निवेदन दिएको भएपनि प्रहरीले समेत बेवास्ता गरेको रेखाको भनाइ छ।

‘बुवाको अवस्थाबारे बुझ्न सजिलो होला भनेर दुई पटक प्रहरीमा निवेदन समेत दिएँ। तर जिल्ला बाहिरको घटना भन्दै प्रहरीले वास्ता नै गरेन', उनले भनिन्, ‘बुवालाई कामको लागि घरबाट लिएका बुढाथोकी र राडीज्युलाका ठेकेदार विक दुवैमाथि प्रहरीले छानबिन गर्‍यो भने वास्तविकता पत्ता लाग्न सक्छ, तर हामीसँग पैसा छैन हाम्रो पक्षमा बोलिदिने पनि कोही छैनन्।'

घरको मूली बुवा नै सम्पर्कविहीन भएपछि घर चलाउन निकै समस्या भएको रेखाको भनाइ छ। अहिले आमा, भाइ र रेखासँगै बस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस विषयमा परिवारको निवेदनका आधारमा मातहतका सबै निकायमा खबर गरिसकेको जनाएको छ। यरीलाई काममा लगाउने भनेर घरबाट दुनै लगेका दुवै ठेकेदारलाई बोलाएर यसबारे थप छलफल गरिने प्रहरीको भनाइ छ। साभार ः थाहा खबरबाट । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…