Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

डेक्स

डेक्स

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण
ADVERTISEMENT

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । 

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा २०८३ सम्बन्धी प्रस्तुतीकरण गर्दै पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण मार्फत जीउधन र वातावरणको संरक्षण गर्न र आसन्न विपद्को स्थितिमा पूर्वसूचना प्रणालीलाई विद्यमान संघीय शासन संरचना अनुसार बहुतह, अन्तरनिकाय र विकास साझेदार समेतको सहकार्य र समन्वयका साथ पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि यो कार्यढाँचा तयार भएको कुरा उल्लेख गर्नु भयो । 

यस कार्यक्रम अन्तर्गत बाढी आउनु भन्दा आगाडी समुदायमा पूर्वसूचना वा पूर्वचेतावनीको सम्प्रेषण, सामुदायिक स्थानान्तरण र अस्थायी रुपमा आश्रय लिईरहेको ठाँउमा खानेपानी, सरसफाई तथा स्वच्छता, नगद सहायता लगायतका कार्यहरु गर्ने योजना रहेकोछ । कार्यक्रम बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा संचालन भइरहेको छ ।

अभिमुखीकरण कार्यक्रममा राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जनप्रतिनिधि, विपद् फोकल पर्सन, नेरेसो पालिका शाखाका संयोजक, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नेरेसो बाँके जिल्ला कार्यसमिति र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका उपसंयोजक मीनबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, डुडुवा गा।पा। वडा नं। १ वडाअध्यक्ष पटेश्वरी वर्मा, नरैनापुर गा।पा। ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य लगायतको उपस्थिति रहेको थियो । अभिमुखीकरणको सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा र नेरेसो केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक प्रमोद अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।
 

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…