Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

डेक्स

डेक्स

नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
ADVERTISEMENT

नेपालगञ्ज, ५ असोजः नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ । 

दसैँ को अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन । नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दश दिनसम्म रामलिला मञ्चन गर्ने निर्णय गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार रामलिलाको शुभारम्भ शोभायात्रा सहित गरिनेछ । कार्यक्रमलाई यस वर्ष थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउने तयारी भइरहेको छ । त्यसका लागि समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ । “रामलिला नेपालगञ्जको संस्कृति र पहिचानसँग जोडिएको परम्परा हो । परिस्थितिका कारण एक वर्ष नियमित मञ्चन प्रभावित भए पनि यसको निरन्तरता रोक्नुहुँदैन भन्ने उद्देश्यले तयारी अघि बढाइएको हो”, अध्यक्ष कानोडियाले भन्नुभयो ।

रामलिला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली नेपालगञ्ज आउने भएको छ । टोलीले रामायणका प्रमुख प्रसङ्ग तथा भगवान् राम र सीताको जीवनसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्नेछ ।

समितिका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म प्रत्येक दिन साँझ ८ः०० बजेदेखि राति १२ः०० बजेसम्म रामलिला मञ्चन हुनेछ । वृन्दावनबाट आउने कलाकारले विभिन्न पात्रको भूमिका निर्वाह गर्दै रामायणका प्रमुख घटनाक्रमलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्नेछन् । लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको यो परम्परा नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित छ । 
 

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…