Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

डेक्स

डेक्स

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
ADVERTISEMENT

नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो । बैठकले निर्णय गरे लगत्तै मंगलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासंघ बाँकेले जनाएको छ । 

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन, पीडित तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको छ ।

विपद्को दुःखद् र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै महासंघले यसअघि भदौ २१ गते आइतबार आयोजना गर्ने तय गरेको ‘तीज मिलन’ ९पत्रकार महिलाहरूलाई दर खुवाउने० कार्यक्रम तथा पत्रकार महिलाबीचको ‘तीज विशेष कविता प्रतियोगिता’ समेत रद्द गरेको छ ।

उत्सव भन्दा मानवीय सहयोग, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित तीज कार्यक्रमका लागि छुट्याइएको रकममा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिको तर्फबाट थप रकम समेत गरी कुल रु। ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैगरी, भोटेकोशी बाढीबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै महासंघ बाँके शाखामा आबद्ध साधारण सदस्यहरूको सदस्यता नवीकरणमा सहजता प्रदान गर्न नवीकरणको समयावधि थप गरिएको छ । यसअघि भदौ १५ गतेसम्म रहेको सदस्यता नवीकरणको अन्तिम म्याद थप १५ दिन बढाउँदै भदौ मसान्तसम्म कायम गर्ने निर्णय बैठकले गरेको छ । महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा बैठकका निर्णयहरूबारे जानकारी दिइएको छ ।

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…