Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

डुडुवाको सार्बजनिक सुनुवाई, पाँच बुंदे साझा प्रतिबद्धता

डेक्स

डेक्स

डुडुवाको सार्बजनिक सुनुवाई, पाँच बुंदे साझा प्रतिबद्धता
ADVERTISEMENT

डुडुवा (बाँके) ३१ असार । डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाई भब्य रुपमा सम्पन्न भएको छ । डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट पाँच बुंदे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।

जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, पालिकाको वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुन्सीपुर्वाको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिकासँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, जेन्जी आन्दोलनमा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् ।

२५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पालिका भित्रको खानेपानी योजनाको अलपत्रताको बारेमा, पालिका भित्रका सडक ग्राभेल गर्नुपर्ने लगायतका बारेमा, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याव कर्मचारीको समस्या भएको, पालिकाहरुबाट प्रवाह हुने सुचनाहरु नागरिकहरु सामु नपुग्ने गरेको र वडा नम्बर १ को हिरमिनियाको खडैचा टोलको सडकको अबस्था लगायतका गुनासोहरु कार्यक्रममा उपस्थित सहभागीहरुले जिज्ञासा राखेका थिए ।

३ घण्टा सम्म चलेको खुल्ला छलफलमा उठेका प्रश्नहरुको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला ब्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायतले दिनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, आमोद कुमार तिवारी, प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरी विभिन्न शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…