Pairabi logo

असोज १७, २०८३, शनिबार                    

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

डेक्स

डेक्स

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा
ADVERTISEMENT

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् ।

राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो खैरेनी लगायतका बस्तीहरुमा गौडेलले घरदैलो सुरु गरेका छन् ।

त्यसक्रममा स्थानीय बासिन्दाले उत्साहका साथ स्वागत गरेका छन् । घर–घरमा पुगेर हात मिलाउँदै, वृद्ध–वृद्धासँग आशिर्वाद लिँदै र युवासँग कुराकानी गर्दै उनी मतदाताको दैलोमा पुगिरहेका छन् ।

काँग्रेस वडा कार्यसमितिको अगुवाईमा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबारे वडा सभापति शंकर महतराले भने, हामीले टोल–टोलमा पुगेर मतदातासँग मत माग्ने काम गरिरहेका छौँ ।

उम्मेदवारलाई जनताको वास्तविक समस्या बुझाउने र समाधानको प्रतिबद्धता दिलाउने हाम्रो उद्देश्य हो । यसले मतदाताहरु उत्साहित पनि बनाएको । घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, सिंचाई, शिक्षा र स्वास्थ्य सेवा जस्ता आधारभूत समस्याहरु सुनाउने गरेका छन् ।

कतिपयले रोजगारी अभावका कारण युवाहरु विदेशिनु परेको पीडा सुनाउने गरेका छन् भने कतिले बाढी तथा डुबानको समस्या बारम्बार झेल्नुपरेको गुनासो पनि गरेका छन् । ती सबै कुरा ध्यानपूर्वक सुनेका गौडेलले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, तपाईंहरुको समस्या मलाई राम्रोसँग थाहा छ। जितेर गएपछि यी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्नेछु । विकास र समृद्धि गाउँसम्म पुर्‍याउने मेरो मुख्य लक्ष्य हुने छ । उनले राप्तीसोनारीमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने योजना रहेको पनि उल्लेख गरेका छन् ।

साथै, युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने र महिला तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि जनाउने गरेका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीयले देखाएको उत्साह र समर्थनले थप जिम्मेवार र आशाबादी बनाएको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा थारु अगुवा लाहुराम थारुले बताए ।

घरदैलोमा काँग्रेस क्षेत्रिय सभापति पोषण केसी, प्रदेशसभा १ ९१० का सभापति अमर बहादुर बुढाथोकी, पालिका सभापति भिम बहादुर राना, नेताहरु हुर्मत न्यौपाने, संगिता थारु लगायत सहभागी छन् ।
 
ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…