Pairabi logo

कात्तिक ०७, २०८३, शुक्रबार                    

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

डेक्स

डेक्स

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा
ADVERTISEMENT

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् ।

राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो खैरेनी लगायतका बस्तीहरुमा गौडेलले घरदैलो सुरु गरेका छन् ।

त्यसक्रममा स्थानीय बासिन्दाले उत्साहका साथ स्वागत गरेका छन् । घर–घरमा पुगेर हात मिलाउँदै, वृद्ध–वृद्धासँग आशिर्वाद लिँदै र युवासँग कुराकानी गर्दै उनी मतदाताको दैलोमा पुगिरहेका छन् ।

काँग्रेस वडा कार्यसमितिको अगुवाईमा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबारे वडा सभापति शंकर महतराले भने, हामीले टोल–टोलमा पुगेर मतदातासँग मत माग्ने काम गरिरहेका छौँ ।

उम्मेदवारलाई जनताको वास्तविक समस्या बुझाउने र समाधानको प्रतिबद्धता दिलाउने हाम्रो उद्देश्य हो । यसले मतदाताहरु उत्साहित पनि बनाएको । घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, सिंचाई, शिक्षा र स्वास्थ्य सेवा जस्ता आधारभूत समस्याहरु सुनाउने गरेका छन् ।

कतिपयले रोजगारी अभावका कारण युवाहरु विदेशिनु परेको पीडा सुनाउने गरेका छन् भने कतिले बाढी तथा डुबानको समस्या बारम्बार झेल्नुपरेको गुनासो पनि गरेका छन् । ती सबै कुरा ध्यानपूर्वक सुनेका गौडेलले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, तपाईंहरुको समस्या मलाई राम्रोसँग थाहा छ। जितेर गएपछि यी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्नेछु । विकास र समृद्धि गाउँसम्म पुर्‍याउने मेरो मुख्य लक्ष्य हुने छ । उनले राप्तीसोनारीमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने योजना रहेको पनि उल्लेख गरेका छन् ।

साथै, युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने र महिला तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि जनाउने गरेका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीयले देखाएको उत्साह र समर्थनले थप जिम्मेवार र आशाबादी बनाएको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा थारु अगुवा लाहुराम थारुले बताए ।

घरदैलोमा काँग्रेस क्षेत्रिय सभापति पोषण केसी, प्रदेशसभा १ ९१० का सभापति अमर बहादुर बुढाथोकी, पालिका सभापति भिम बहादुर राना, नेताहरु हुर्मत न्यौपाने, संगिता थारु लगायत सहभागी छन् ।
 
ताजा

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि