Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

डेक्स

डेक्स

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम
ADVERTISEMENT

बाँके, २४ मङ्सिरः ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । 

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ र बुनाइको व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।

भेरी प्राविधिक शिक्षालय प्रमुख आशा श्रेष्ठले नेपाल सरकारले देशभर महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमलाई अत्यधिक प्राथमिकताका साथ लागू गरिरहेको बताउनुभयो । उहाँले बाँकेमा पनि विशेष गरेर मधेसी र मुस्लिम समुदायका महिला तथा किशोरीलाई सीपमा सक्षम बनाउन नेपाल सरकारले धेरै प्रभावकारी तालिमको आयोजना गरेको जानकारी दिनुभयो ।

गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार मङ्सिर २३ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन हुने यस तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी भएका छन् । खड्काका अनुसार तालिमलाई व्यवहारिक र पूर्ण व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक सङ्गीता गौतमले सहभागीलाई प्रशिक्षण गर्नुहुनेछ ।

सहभागीहरुलाई तालिमका लागी आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सम्पन्न भएपछि महिलाहरूलाई स्वरोजगारका अवसर खोजिदिन तथा सीपलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्नसमेत सहजीकरण गरिने छ ।

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…