Pairabi logo

असोज २५, २०८३, आइतबार                    

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

डेक्स

डेक्स

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन
ADVERTISEMENT

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा। मिलनकुमार थापा नियुक्त हुनुभएको छ । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा ९कालीबाबाले असार ३ गतेको निर्णयअनुसार डा। थापालाई अध्यक्ष नियुक्त गर्नुभएको हो । 

भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अध्यक्ष नियुक्त हुनुभएका डा। थापाले आइतबार कार्यभार ग्रहण गर्नुभएको छ । 

डा। थापाले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास र समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पार्नुभयो । 

‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो, यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा। थापाले भन्नुभयो । 

धार्मिक पर्यटनमा भारतको सहयोग

पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुभएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबिच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रष्ट पार्नुभयो । मन्त्री सोनावालले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिनुभयो ।

धार्मिक अभियन्ता स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा ९कालीबाबा० को निमन्त्रणामा काठमाडौँ आउनुभएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पनि पूजाआराधना गर्नुभयो । महायज्ञका प्रमुख सल्लाहकार डा। मिलनकुमार थापाका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिको नवीन रुपान्तरणको लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

‘कालीबाबाको निमन्त्रणामा केन्द्रीयमन्त्री सोनावाल काठमाडौँ आउनुभयो । हाम्रो लक्ष्य नेपालका धार्मिक पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गर्नु हो, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी, रामजानकी मन्दिरसहितका तीर्थस्थलमा आउने श्रद्धालुलाई सहज रुपमा दर्शन गर्न पाउनेगरी समग्र भौतिक पूर्वाधार गर्न पहल थालिएको हो,’ डा। थापाले भन्नुभयो । 

मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो । यसअघि, डा। थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’ अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो । मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी जनाउनुभएको थियो । 

धार्मिक अभियन्ता कालीबाबाले नेपालको आर्थिक समुन्नतिलाई दृष्टिगत गरेरै महायज्ञमा भारतका मन्त्री र नेताहरूलाई आमन्त्रण गरिएको बताउनुभयो । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…