Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

डेक्स

डेक्स

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन
ADVERTISEMENT

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा। मिलनकुमार थापा नियुक्त हुनुभएको छ । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा ९कालीबाबाले असार ३ गतेको निर्णयअनुसार डा। थापालाई अध्यक्ष नियुक्त गर्नुभएको हो । 

भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अध्यक्ष नियुक्त हुनुभएका डा। थापाले आइतबार कार्यभार ग्रहण गर्नुभएको छ । 

डा। थापाले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास र समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पार्नुभयो । 

‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो, यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा। थापाले भन्नुभयो । 

धार्मिक पर्यटनमा भारतको सहयोग

पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुभएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबिच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रष्ट पार्नुभयो । मन्त्री सोनावालले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिनुभयो ।

धार्मिक अभियन्ता स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा ९कालीबाबा० को निमन्त्रणामा काठमाडौँ आउनुभएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पनि पूजाआराधना गर्नुभयो । महायज्ञका प्रमुख सल्लाहकार डा। मिलनकुमार थापाका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिको नवीन रुपान्तरणको लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

‘कालीबाबाको निमन्त्रणामा केन्द्रीयमन्त्री सोनावाल काठमाडौँ आउनुभयो । हाम्रो लक्ष्य नेपालका धार्मिक पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गर्नु हो, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी, रामजानकी मन्दिरसहितका तीर्थस्थलमा आउने श्रद्धालुलाई सहज रुपमा दर्शन गर्न पाउनेगरी समग्र भौतिक पूर्वाधार गर्न पहल थालिएको हो,’ डा। थापाले भन्नुभयो । 

मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो । यसअघि, डा। थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’ अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो । मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी जनाउनुभएको थियो । 

धार्मिक अभियन्ता कालीबाबाले नेपालको आर्थिक समुन्नतिलाई दृष्टिगत गरेरै महायज्ञमा भारतका मन्त्री र नेताहरूलाई आमन्त्रण गरिएको बताउनुभयो । 

 
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…