Pairabi logo

असोज १७, २०८३, शनिबार                    

बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

डेक्स

डेक्स

बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
ADVERTISEMENT

नेपालगञ्ज, २३ साउनः भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० वितरण गरेको छ ।

जिल्लाको कोहलपुर नगरपालिका–१ मा विभिन्न चरणमा गरी उनीहरुलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये आठ सय ९६ जना अव्यवस्थित बसोबासी र एक सय १७ जना भूमिहीन दलित र भूमिहिन सुकुम्वासी रहेका छन् । 

अव्यवस्थित बसोबासीले बढीमा रु पाँच लाखसम्म राजस्व तिरेर र सबैभन्दा कम रु १२ हजारसम्म राजस्व तिरेर जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिएको उहाँको भनाइ छ । “अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकालाई लालपूर्जा वितरण जारी छ”, अध्यक्ष खनालले भन्नुभयो । 

उहाँका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४,  बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएर पूर्जा वितरण अघि बढाइएको छ ।  

जिल्लाको राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ७  र ६, खजुरा ४ र ५  नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा सकेर पुर्जा वितरण सुरु गर्न थालिएको अध्यक्ष खनालले बताउनुभयो । राप्तीसोनारी–१,  बैजनाथ–१, जानकी–४, नेपालगञ्ज–१८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।  

नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण सुरु हुन लागेको आयोगले जनाएको छ । त्यहाँ थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपूर्जा वितरणका लागि तयारी छ । 

आयोगका अनुसार बाँकेमा हालसम्म ५३ हजार सात सय पाँच जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने छ । जसमध्ये आठ हजार तीन सय निकुञ्ज क्षेत्रभित्रका छन् । आयोगले जारी गरेको दोस्रो र तेस्रो सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको आयोगका अध्यक्ष खनालले बताउनुभयो ।  

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…