Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

नेपालगञ्ज राँझा बिमानस्थल लायन्स प्रवेशद्धारको उद्घाटन

डेक्स

डेक्स

नेपालगञ्ज राँझा बिमानस्थल लायन्स प्रवेशद्धारको उद्घाटन
ADVERTISEMENT

पश्चिम नेपालकै प्रवेशद्धार मानिएको नेपालगञ्ज राँझा बिमानस्थल लायन्स प्रवेशद्धारको उद्घाटन भएको छ । आइतवार नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्ट र लायन्स क्लव अन्तराष्ट्रियका पूर्व निर्देशक सन्जय खेतानले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर २० राँझा चोक स्थित निर्माण भएको प्रवेशद्धार बिक्रम संम्वत २०७१ साल असार ४ गते जिल्ला बिकास समितिको कार्यालय बाँकेका तत्कालीन स्थानीय बिकास अधिकारी ज्ञानेन्द्र प्रसाद ढकाल र लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५, बि २ का तत्कालीन गभर्नर सेम राज शाक्यले शिलान्यास गर्नुभएको थियो । 

सहरी बिकास मन्त्रालयवाट रु १५ लाख ४० हजार ५ सय ५८ तत्कालिन शान्ति मन्त्रालयबाट रु १२ लाख ६१ हजार २ सय ८५ , लायन्स क्लव अफ नेपालगञ्ज र अन्य दाताहरुवाट जम्मा गरि रु ४३ लाख ५ हजार १ सय १७ को लागतमा प्रवेशद्धारको निर्माण भएको छ ।

संसार भर फैलिएको सामाजिक संस्था लायन्स क्लवका आवद्ध ब्यक्तिहरु ,हरेक बिपदको समय जस्तै कोभीड ,भूकम्प ,आगलागी ,बाढीपिडति लगाएतका महामरीमा पिडीतहरुलाई उद्धार र राहातमा लाग्ने भएकाले यस्तो सामाजिक संस्था संग नेपालगञ्ज उप–महानगरपालिका साथमा रहेर काम गरिरहने बताउनु भयो ।

बिष्टले निर्माण कार्य सम्पन्न भएको प्रवेशद्धारको संरक्षण र सम्वर्धन गर्ने दायीत्व स्थानिय सरकारको रहेकोले, नेपालगञ्जको पर्यापर्यटन बिकाशमा पनि प्रवेशद्धारले थप टेवा पुग्ने भएकोले उप–महानगरपालिकाले पूर्ण रुपमा स्वामित्व लिने बताउनु भयो ।

स्थानिय तह संग सहकार्य गर्न लायन्स क्लवले ठूला परियोजना ल्याउन सक्ने त्यसमा २५ प्रतिशत स्थानिय तहको र ७५ प्रतिशत क्लवले लगानी गर्ने गरि काम गर्न सकिने उक्त परियोजना नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुखले कार्ययोजना ल्याएमा लायन्स क्लव अन्तराष्ट्रिय काम गर्न तयार रहेकाको कार्यक्रमका बिशिष्ठ अतिथि खेतानले बताउनु भयो । 

लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकका चार वटा ठूला परियोजनाहरु एम्वुलेन्स सेवा, लायन्स सिद्धिविनायक पार्क , लायन्स सिद्धिविनायक पञ्चेवाजा र लायन्स सिद्धिविनायक प्रवेश द्धार रहेको जसले गर्दा पश्चिम नेपालकै सशक्त क्लव रुपमा स्थापित रहेको र यसलाई अगाडी बढाउन आफ्नो कार्यकालमा प्रभावकारी भूमीका निवाह गर्ने लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रवेशद्धार निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप गौचनको अध्यक्षता भएको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर सेम राज शाक्य , आदर्श मा।बि। राँझाका प्राचार्य प्रकाश आचार्य ,समाजसेवी शान्ति ढकाल, उपभोक्ता समितिकी सदस्य उसा थापा भण्डारीले आफ्ना भनाई राख्नुभएको थियो ।

 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…