Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

डेक्स

डेक्स

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या
ADVERTISEMENT

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुर (कोठा)मा सुनाखरी रेष्टुरेन्टकी कर्मचारी दैलेख घर भएकी २२ वर्षिय निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

विगत १४ महिनादेखि सुनाखरी रेष्टुरेन्टमा वेयटर पदमा काम गर्दै आएकी २२ वर्षिया निर्मलाको बेलासपुरमा हत्या भएको हो । प्रहरीका अनुसार निर्मलाको नेपालगञ्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेको स्वीकारेका छन ।

बुधबार नेपालगञ्ज वडा नम्बर १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो, है भेटघाट भन्दै गएराती २ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर हत्या भएको कुरा बताएपछि प्रहरीले कोठामा शव भेटाएको प्रहरीले जनाएको छ । 

निर्मलाको परिवार शुक्रबार नेपालगञ्ज आएपछि शवको पोष्टमार्टम गरिएको हो । एक श्रीमतीसहित एक छोरा र एक छोरी बर्दियामा रहेको अवस्थामा प्रकाशले निर्मलालाई अविवाहित भनेर बताउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैविच सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले आफ्नो आमा वितेर क्रियामा बसिरहेको दुःखको घडीमा रेष्टुरेन्टकी इमान्दार कर्मचारीलाई गुमाउदा झन बढी पीडा थपिएको भन्दै स्तब्ध हुनुभएको छ । उहाँले अनुशासित मिलनसार मेहनती कर्मचारी निर्मलाको हत्या गर्ने दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै मृतक आत्माको चिर शान्ति कामना गर्दै परिवारजनमा परेको गहिरो संवेदनालाई भगवानले शक्तिको रुपमा प्रदान गरुन भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 
 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…