Pairabi logo

असोज २४, २०८३, शनिबार                    

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

डेक्स

डेक्स

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या
ADVERTISEMENT

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुर (कोठा)मा सुनाखरी रेष्टुरेन्टकी कर्मचारी दैलेख घर भएकी २२ वर्षिय निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

विगत १४ महिनादेखि सुनाखरी रेष्टुरेन्टमा वेयटर पदमा काम गर्दै आएकी २२ वर्षिया निर्मलाको बेलासपुरमा हत्या भएको हो । प्रहरीका अनुसार निर्मलाको नेपालगञ्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेको स्वीकारेका छन ।

बुधबार नेपालगञ्ज वडा नम्बर १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो, है भेटघाट भन्दै गएराती २ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर हत्या भएको कुरा बताएपछि प्रहरीले कोठामा शव भेटाएको प्रहरीले जनाएको छ । 

निर्मलाको परिवार शुक्रबार नेपालगञ्ज आएपछि शवको पोष्टमार्टम गरिएको हो । एक श्रीमतीसहित एक छोरा र एक छोरी बर्दियामा रहेको अवस्थामा प्रकाशले निर्मलालाई अविवाहित भनेर बताउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैविच सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले आफ्नो आमा वितेर क्रियामा बसिरहेको दुःखको घडीमा रेष्टुरेन्टकी इमान्दार कर्मचारीलाई गुमाउदा झन बढी पीडा थपिएको भन्दै स्तब्ध हुनुभएको छ । उहाँले अनुशासित मिलनसार मेहनती कर्मचारी निर्मलाको हत्या गर्ने दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै मृतक आत्माको चिर शान्ति कामना गर्दै परिवारजनमा परेको गहिरो संवेदनालाई भगवानले शक्तिको रुपमा प्रदान गरुन भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…