Pairabi logo

मंसिर २४, २०८२, मंगलबार                    

बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

डेक्स

डेक्स

बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने
ADVERTISEMENT

कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै  स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ ।

शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सवै पालिकाहरुले विपद् व्यवस्थापनमा भए गरेका गतिविधिको जानकारी गराउदै आपतकालिक अवस्थामा साझेदारीमा काम गर्न जोड गरेका थिए। कार्यक्रममा नगर प्रमुख विष्टले विपद जोखिम न्यूनिकरणकालागि आवासिय विमा कार्यक्रम अन्यपालिकाले पनि कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो । 

शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वय तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट,राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, खजुरा गाँउपालिकाका अध्यक्ष डम्मर विकलगायतले पूर्वसूचना प्रणाली, दमकल सेवा, छाडा चौपाया व्यवस्थापन, राहत व्यवस्थापनलगायतका कार्यहरुमासाझेदारीमा काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले समग्र जिल्लामा अन्तरपालिका समन्वयले प्रतिकार्य प्रभावकारी हुने बताउनु भयो । 

बैठकले  मनसूनको बेला समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने, राप्तीसोनारी गाँउपालिकामा छाडा चौपाया व्यवस्थापनकालागि अन्य पालिकासंग साझेदारीकालागि समझदारी तयार गरि अर्को बैठकवाट निर्णय गर्ने लगायतका निर्णय गरेको सूपर कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनु भयो। बैठकले आगामी अन्तरपालिका बैठक खजुरा गाँउपालिकाको आयोजनामा हुने समेत निर्णय गरेको छ । 

कार्यक्रममा बाँकेका पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विपद् फोकल, जिल्लास्थित सूरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो। युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँक…

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

नेपालगन्ज, ७मंसिर ।नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ …

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई लैंगिक समानता र सामाजिक समावेशि…

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुरा (बाँके), ५ मङ्ग्सिर स् बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका ल…