Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

डेक्स

डेक्स

बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने
ADVERTISEMENT

कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै  स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ ।

शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सवै पालिकाहरुले विपद् व्यवस्थापनमा भए गरेका गतिविधिको जानकारी गराउदै आपतकालिक अवस्थामा साझेदारीमा काम गर्न जोड गरेका थिए। कार्यक्रममा नगर प्रमुख विष्टले विपद जोखिम न्यूनिकरणकालागि आवासिय विमा कार्यक्रम अन्यपालिकाले पनि कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो । 

शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वय तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट,राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, खजुरा गाँउपालिकाका अध्यक्ष डम्मर विकलगायतले पूर्वसूचना प्रणाली, दमकल सेवा, छाडा चौपाया व्यवस्थापन, राहत व्यवस्थापनलगायतका कार्यहरुमासाझेदारीमा काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले समग्र जिल्लामा अन्तरपालिका समन्वयले प्रतिकार्य प्रभावकारी हुने बताउनु भयो । 

बैठकले  मनसूनको बेला समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने, राप्तीसोनारी गाँउपालिकामा छाडा चौपाया व्यवस्थापनकालागि अन्य पालिकासंग साझेदारीकालागि समझदारी तयार गरि अर्को बैठकवाट निर्णय गर्ने लगायतका निर्णय गरेको सूपर कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनु भयो। बैठकले आगामी अन्तरपालिका बैठक खजुरा गाँउपालिकाको आयोजनामा हुने समेत निर्णय गरेको छ । 

कार्यक्रममा बाँकेका पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विपद् फोकल, जिल्लास्थित सूरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो। युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…