Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने

डेक्स

डेक्स

नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने
ADVERTISEMENT

नेपालगञ्ज २ जेठ :  नेपालगञ्ज क्षेत्रका सामुदायिक विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले नगरका ३० वटा विद्यालय छनौट गरि बृहत् विद्यालय सुरक्षा सम्वन्धी विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार गर्ने नीति लिएको छ । 

जस अनुरुप फोकल शिक्षकहरुको दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर–२) को प्राविधिक सहयोगमा क्षमता अभिबृद्धिको कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप सिंहले विपदजन्य जोखिम न्यूनीकरणमा विद्यालयहरुलाई सबल र सक्षम बनाउन प्रशिक्षण कार्यक्रमले सार्थकता पाउने विश्वास ब्यक्त गर्नुभयो । 

शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले विपदमा विद्यालयले अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे फोकल शिक्षकहरुले आर्जन गरेको ज्ञान र सीप विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनमा उपयोगी हुने बताउनुभयो । प्रशिक्षक एवम् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का सुशिल पण्डितले भूकम्प लगायत अन्य विपदका घटनाहरुमा विद्यालयले ध्यान दिनुपर्ने र पूर्व तयारी गर्नुपर्ने विषयहरुमा केन्द्रित रहेर प्रशिक्षण गरिने बताउनुभयो । 

तालिमबाट फोकल शिक्षकहरुले भूकम्प, आगलागी जस्ता विपद व्यवस्थापनबारे जानकारी लिने आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिृकत रुपन ज्ञवालीले जानकारी दिनुभयो । आफूले हासिल गरेको ज्ञान र सीपका आधारमा योजना बनाई शिक्षा महाशाखामा पेश गर्नेछन् । ज्ञवालीका अनुसार बृहत् विद्यालय सुरक्षा सम्बन्धि योजना तयार गर्ने तथा विद्यालयमा सचेतना प्रबद्र्धन गर्ने उद्देश्य प्रशिक्षणको रहेको छ । 

पहिलो चरणमा फोकल शिक्षक र दोस्रो चरणमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई पनि प्रशिक्षण दिइनेछ । सुपरका राजु अधिकारीले विद्यालय केन्द्रित विपद सुरक्षा योजना निर्माणमा प्राविधिक सहयोग गरेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा एनसेटका सुशिल पण्डित, युनिसेफ नेपालका मिना मजाकोटी, कालिका स्वावलम्बन सामाजिक केन्द्रका गोपाल भण्डारीले सहजीकरण गर्नुभएको छ । 

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …