Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने

डेक्स

डेक्स

नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने
ADVERTISEMENT

नेपालगञ्ज २ जेठ :  नेपालगञ्ज क्षेत्रका सामुदायिक विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले नगरका ३० वटा विद्यालय छनौट गरि बृहत् विद्यालय सुरक्षा सम्वन्धी विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार गर्ने नीति लिएको छ । 

जस अनुरुप फोकल शिक्षकहरुको दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर–२) को प्राविधिक सहयोगमा क्षमता अभिबृद्धिको कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप सिंहले विपदजन्य जोखिम न्यूनीकरणमा विद्यालयहरुलाई सबल र सक्षम बनाउन प्रशिक्षण कार्यक्रमले सार्थकता पाउने विश्वास ब्यक्त गर्नुभयो । 

शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले विपदमा विद्यालयले अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे फोकल शिक्षकहरुले आर्जन गरेको ज्ञान र सीप विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनमा उपयोगी हुने बताउनुभयो । प्रशिक्षक एवम् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का सुशिल पण्डितले भूकम्प लगायत अन्य विपदका घटनाहरुमा विद्यालयले ध्यान दिनुपर्ने र पूर्व तयारी गर्नुपर्ने विषयहरुमा केन्द्रित रहेर प्रशिक्षण गरिने बताउनुभयो । 

तालिमबाट फोकल शिक्षकहरुले भूकम्प, आगलागी जस्ता विपद व्यवस्थापनबारे जानकारी लिने आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिृकत रुपन ज्ञवालीले जानकारी दिनुभयो । आफूले हासिल गरेको ज्ञान र सीपका आधारमा योजना बनाई शिक्षा महाशाखामा पेश गर्नेछन् । ज्ञवालीका अनुसार बृहत् विद्यालय सुरक्षा सम्बन्धि योजना तयार गर्ने तथा विद्यालयमा सचेतना प्रबद्र्धन गर्ने उद्देश्य प्रशिक्षणको रहेको छ । 

पहिलो चरणमा फोकल शिक्षक र दोस्रो चरणमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई पनि प्रशिक्षण दिइनेछ । सुपरका राजु अधिकारीले विद्यालय केन्द्रित विपद सुरक्षा योजना निर्माणमा प्राविधिक सहयोग गरेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा एनसेटका सुशिल पण्डित, युनिसेफ नेपालका मिना मजाकोटी, कालिका स्वावलम्बन सामाजिक केन्द्रका गोपाल भण्डारीले सहजीकरण गर्नुभएको छ । 

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…