Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

लागु औषधको विषय स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सझाव

डेक्स

डेक्स

लागु औषधको विषय स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सझाव
ADVERTISEMENT

बैजनाथ (बाँके) २७ बैशाख । लागु औषधका बारेमा सचेत बनाउन शिक्षाको स्थानीय पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइएको छ । बैजनाथ गाउँपालिकाका विद्यार्थी तथा अभिभावकले लागु औषधको विषयलाई पाठ्यक्रममार्फत कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका हुन । 

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले वडा नं. ४ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभिमुखीकरणका सहभागीले जटिल तथा विकराल रुपमा बढदै गएको लागुऔषध बारे सचेतना जरुरी रहेको बताएका थिए ।  

लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो । कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको भन्दै अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्ने बताएका थिए ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष प्रेमबहादुर शाहीले लागु औषधको प्रयोग बढदै गएकाले यसको नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले लागुऔषधको कुलत बढदै गएकोले यसप्रति सचेत हुनपर्नेमा जोड दिदै नशामुक्त समाज बनाउने अभियानमा सबैलाई लाग्न आवहान गर्नुभयो । 

अभिमुखीकरणमा समाबेशी माविका प्रधानाध्यापक रमण सुबेदी, लगायतले लागुऔषधजस्ता कुलतमा फस्ने युवाहरुलाई सचेत बनाउन सबै सरोकारवाला निकायको भुमिकामा जोड दिनुभयो । कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ७० जनाको सहभागिता रहेको थियो । पालिकाको आठ वटै वडामा लागुऔषधविरुद्धको सचेतनामुलक अभियान संचालन गरिएको छ । 


ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…