Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

डेक्स

डेक्स

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु
ADVERTISEMENT

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभियान शुरु गरिएको छ । लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो । 

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि. नेपालगन्जले पालिकाको आठ वटै वडामा लागुऔषधविरुद्धको सचेतनामुलक अभियान संचालन गरेको हो । बुधबारदेखि शुरु भएको कार्यक्रम आज विहीबार पालिकाको वडा नं. ५ मा संचालन गरियो । 

कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको जोड दिएका थिए । सहभागीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्नेमा जोड दिदै यसबारे सचेत भई आवश्यक सुरक्षा अपनाउनुपर्ने बताएका थिए । 

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष देवबहादुर रावतले बैजनाथमा लागु औषधको प्रयोग बढदै गएकाले यसको नियन्त्रणका लागि पालिकाले नितिगत रुपमा रणनितिक योजना तयार गरि अघि बढने बताउनुभयो ।

वडा सदस्य दिपबहादुर थापाले लागुऔषधजस्ता कुलतमा फस्ने युवाहरुलाई सचेत बनाउन सबै सरोकारवाला निकायको भुमिकामा जोड दिनुभयो । प्रहरी हवल्दार        घर्तिमगरले समुदायमा लागु औषधको प्रयोग तथा कारोवार बढदै गएकाले यसबारे जानकारी पाउनेवित्तिकै प्रहरीलाई खबर गर्न आग्रह गर्दै यसको नियन्त्रणमा सबैले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जालका केन्द्रीय उपाध्यक्ष प्रेमपुर्णा योगी, जयसिंह केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ६० जनाको सहभागिता रहेको थियो । संस्थाले बुधबार बैजनाथको ६ नं. वडामा अभिमुखीकरण कार्यक्रम गरेको जनाएको छ । 


ताजा

सबै

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…