Pairabi logo

भदौ २३, २०८२, सोमबार                    

बालविवाह न्युनिकरणका लागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

डेक्स

डेक्स

बालविवाह न्युनिकरणका लागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा
ADVERTISEMENT

बर्दिया २३ चैत । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रम गरेको छ । 

थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा आयोजना गरेको बालबिवाह न्युनिकरणका लागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो । 

कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीती, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार तथा श्रोत साधन सम्पन्न बनाउन पहल गर्ने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

सोही प्रकारले बरघरहरुले एकजुट भई बालबिवाह बिरुद्ध बिभिन्न अभियान तथा कार्यक्रम संचालन गर्ने, बिवाहको उमेर २० बर्ष नै कायम राख्नका लागि निरन्तर वकालत गर्ने प्रतिबद्धता पनि सो अवसरमा घोषणा गरिएको अध्यक्ष तुलाधरले बताउनुभयो । उहाँले बर्दियामा बालबिवाहको अबस्था, यसका कारणहरु तथा न्युनिकरणमा गर्नु पर्ने कार्यहरुका बारेमा बृहत्त छलफल गरी यसका लागि बरघरहरुलाई जिम्मेवार बनाउने उध्येश्यका साथ सो कार्यक्रम सम्पन्न भएको बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता गर्दै थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले बालबिवाह न्युनिकरणकालागि आबश्यक योजना, नीती निर्माण र बजेट बिनियोजन गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग थारु आयोगले निरन्तर पैरवी गर्ने बिश्वास दिलाउनुभयो । उहाँले यसका लागि सबैभन्दा उत्तम पात्र बरघरहरुनै रहेको जनाउँदै बरघरहरुको सक्रिय भूमिका भएमा बालविवाहलाई पूर्ण रुपमा रोक्न सकिने बताउनुभयो । 

लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बालबिवाह न्युनिकरणका लागि आबश्यक निती निर्माण र बजेट ब्यबस्थापनमा प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन हरसंभव प्रयास गरिने बताउनुभयो ।  थारु आयोगका सदस्य भोलाराम चौधरीले समग्रमा बालबिवाहको अबस्था र बालबिवाह न्युनिकरणमा बरघरहरुको भुमिकाका बिषयमा प्रस्तुतीकरण गर्दै सबैको सामुहिक प्रयासबाट यो समस्या समाधान हुने बताउनुभयो । 

कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका नीती तथा पैरवी व्यवस्थापक इरसाद अन्सारीले प्लानले बिगतदेखि नै बर्दियामा साझेदार संस्थामार्फत बालबिवाह न्युनिकरणमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सो कार्यका लागि बरघरहरुको भुमिकालाई बिशेष बनाउने बताउनुभयो । 

सो अन्तरक्रियामा बारबर्दिया नगरपालिकाका मेयर छबिलाला थारु, मधुवन ४ का वडा अध्यक्ष बलीराम चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ्ग, बित्त तथा प्रशासन ब्यबस्थापक बेद प्रकाश पंगाली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, थारु कल्याणकारी सभाका महामन्त्री मिनराज चौधरी, जिल्ला संयोजक बिर बहादुर चौधरी, बी ग्रुपका कार्यक्रम ब्यबस्थापक भानु लिम्बु र प्लान ईन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत निर्मला महत लगायतको पनि सहभागिता रहेको थियो । 

बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बर्दिया जिल्लामा बालबिवाहको अबस्था, बालबिवाहका कारण, जिल्लामा यसको न्युनीकरणका लागि भए/गरेका प्रयासहरु र बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिकाको बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँको प्रस्तुतीकरणमा बर्दिया जिल्लामा बालबिवाहको अबस्था पाँच वर्ष अघि ४६५ रहेकोमा र हाल घटेर २१५ मा झरेको जानकारी गराईएको थियो । 

खुला छलफलमा सहभागीहरुले बिगतको तुलनामा बालबिवाहको दर घटेको र यसमा स्थानीय सरकार, बिभिन्न संघ, संस्थाहरु र बरघरहरुको उल्लेखनीय भुमिका रहेको बताएका थिए ।  

ताजा

सबै

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, २० भदौ । राष्ट्रिय समाचार समिति (रासस)ले पहिलो पटक अवधी भाषामा सुरु गरे…

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका …

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले…

लोकप्रिय

सबै

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका …

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति २० वटा संघसंस्थाको विरोध

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विभिन्न २० वटा संघसंस्थाहरूले विरोध जनाए…

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले…

यो पनि

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, २० भदौ । राष्ट्रिय समाचार समिति (रासस)ले पहिलो पटक अवधी भाषामा सुरु गरे…

बाकेमा प्रेस युनियनको सयदिने अभियान शुभारम्भ

बाकेमा प्रेस युनियनको सयदिने अभियान शुभारम्भ

नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्र…

राजापुरमा शिक्षक अभिभावक र बालबालिकालाई मानव बेचबिखन विरुद्ध अभिमुखीकरण

राजापुरमा शिक्षक अभिभावक र बालबालिकालाई मानव बेचबिखन विरुद्ध अभिमुखीकरण

नेपालगन्ज, भदौ ६ । बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र ब…

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्र…