Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

बुलबुलिया टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड

डेक्स

डेक्स

बुलबुलिया टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड
ADVERTISEMENT

नेपालगञ्ज, ९ चैत । नेपालगञ्ज, वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले आज शनिवार आप्नो टोलको सरसफाई गरेका छन् ।  

टोलको दक्षिण—उत्तरतर्पmको ६०० मिटर सडक—नालाको सरसफाई गरिएको समितिका सचिव रामकुमार शर्माले जानकारी दिनुभयो ।  बुलबुलिया शान्तिनगर टोल विकास समितिको आयोजनामा गरिएको टोल सरसफाई कार्यक्रममा जेष्ठ नागरिक, युवा तथा महिलाहरु गरी करिब २० जनाको सहभागिता रहेको थियो । 

टोल सरसफाईका लागि स्थानीयहरुको आर्थिक सहयोगमा सफाई सम्बन्धि सामग्री समितिमार्पmत खरीद गरिएको छ । समितिले प्रत्येक साताको शनिवार बिहान ६.३० बजेदेखि टोल क्षेत्रको स्थान छनोट गरी सरसफाई गर्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताउनुभयो ।

टोल सरसफाईका अलावा सुरक्षाका दृष्टिकोणले सम्वेदनशील स्थानमा सीसी क्यामरा जडान, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण तथा सम्बद्र्धन र टोल क्षेत्रमा जठाभावी फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि पहिलो चरणमा सचेतीकरण अभियान सञ्चालनको प्रक्रिया पनि समितिले शुरु गरिसकेको छ । 

सीसी क्यामरा जडान तथा सरसफाई उपकरण खरीदका लागि समितिले माग गरे बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले रु ५० हजार बजेट बिनियोजन गरिसकेको र सो बजेट छिटै समितिलाई निकासा गरिने वडा अध्यक्ष सुरेशसिंह ठाकुरले जानकारी दिनुभयो । 

यसैबीच टोल विकास समितिको आजै बसेको बैठकले टोलको दक्षिण—उत्तर क्षेत्रको विद्युत पोल सडक छेउको उपयुक्त स्थानमा स्थानान्तरण गर्न प्राविधिक पक्ष र आर्थिक पक्षमा तत्काल काम गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष निरजकुमार गौतमको अध्यक्षतामा बसेको बैठकले टोल विकासका विविध पक्षमाथि गम्भीर छलफल गरी विकास गतिविधिमा स्थानीयहरुको बढीभन्दा बढी सहभागिता जुटाउनुपर्नेमा समेत सहमति कायम गरेको जनाइएको छ । 


 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …