Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नेपालगन्जमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी शुरु

डेक्स

डेक्स

नेपालगन्जमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी शुरु
ADVERTISEMENT

नेपालगन्ज, ६ फागुन । नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रिय सदस्य शोभा ज्ञवालीले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गर्नुभयो । 

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा सुरु भएको प्रदर्शनी फागुन १० गते सम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले स्थानीय दिदीबहिनीहरुले उत्पादन गरेको वस्तुलाई महिला उद्यमी संघ नेपाल बाँकेले उत्कृष्ट ढंगले प्रवद्र्धन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘सबै क्षेत्रमा महिलाहरुको सहभागिता भयो भने मात्र समाजले प्रगति गर्न सक्छ । महिलाहरुलाई यस्ता अवसर महत्वपुर्ण हुन्छन् । महिलाहरुलाई उद्यमी बनाउने कार्यमा हामी सधै सकारात्मक भएर सहकार्य गर्न तयारी छ ।’ महिला उद्यमी महासंघ नेपालको केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीले विन बाँकेले सधै नमुना काम गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विनको इतिहासमा बाँकेको बेग्लै योगदान छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई हामीले अन्तराष्ट्रिय स्तरमा लग्ने काम सुरु गरेका छौं । महिला उद्यममा सक्षम हुनु भनेको देशको आर्थिक विकासको आधार बलियो हुनु हो । गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले बताउनु भयो । 

उद्घाटन समारोहमा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उप–प्रमुख उमा थापा मगर लगायतले प्रदर्शनीको सफलताको शुभमकामना दिनु भएको थियो । 

मंगलबार देखि सुरु भएको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउनु भएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राखिएको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ को संयोजक एवम् तथा महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले बताउनु भयो । प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन रहने छ ।  

प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धन गरिनेछ । 

नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…